२ आश्विन २०८१, बुधबार
,
Latest
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ] इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली–बालेन मौनयुद्ध : त्यस्तो दोस्ती कसरी भयो यस्तो ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीचको मौनयुद्ध रोचक छ । अहिले ओली र बालेन समर्थकहरु सामाजिक सञ्जालमा आरोप प्रत्यारोप मात्र गरिरहेका छैनन्, एकले अर्को पक्षलाई अनफलो अभियान नै चलाएका छन् ।

विशेष गरी बालेन्द्र शाहका समर्थकहरुले प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान तीव्र पारेका छन् । प्रधानमन्त्री ओलीले झन्डै एक लाख फलोअर्स गुमाइसकेका छन् ।

ओली र बालेन्द्रबीच किन मौनयुद्ध सुरु भयो भन्ने पछिल्लो घटना अनौठो छ । बालबालिकालाई श्रममा संलग्न गराएको आरोप लागेकी नेकपा एमालेकी प्रदेशसभा सदस्य रेखा शर्मालाई कारबाही नभएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाह रिसाएका छन् ।

एमाले प्रदेश सभा सदस्य शर्माबारे शाहले फेसबुकमा पोस्ट गरेका थिए । तर त्यो पोस्ट सरकारले हटाइदिएको आरोप उनले लगाएका छन् ।

बालेन्द्रले आफू दोषी भए कारबाही गर्न भन्दै फेसबुकमा अर्को स्टाटस लेखेपछि उनका फ्यान पनि ओलीमाथि खनिएका थिए ।

कसैले रिपोर्ट गरेका कारण उक्त पोस्ट फेसबुकले डिलिट गरिदिएको सचिवालयले दाबी गरेको थियो । त्यसपछि मंगलबार नै बालेनले पोस्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोस्ट सरकारले हटाइदिएको आशयको स्टाटस लेखेका थिए । त्यसपछि बालेनका समर्थकहरूले ओलीलाई अनफलो थालेका थिए ।

त्यसो त दुई नेताबीचको विगतको सम्बन्ध न्यानो रहेको देखिन्छ । महानगर प्रमुख शाहले एमाले अध्यक्ष केपी ओलीबाट दुई वर्षअघि तबला उपहार पाएका थिए ।

बालकोट निवासको भुइँतलामा कलाकार, लेखकहरूसँग बेलाबखत सत्संग गर्ने ओलीले र्‍याप संगीत हुँदै राजनीतिमा उदाएका युवा मेयरलाई तबला दिएका थिए ।

त्यस बेला प्रतिपक्षमा रहेका ओली डेढ महिनाअघि प्रधानमन्त्री बनेका छन् । स्थानीय सरकारका प्रमुखका रूपमा काठमाडौंका मेयर शाहले संघीय सरकार प्रमुख ओलीसँग भने निरन्तर दूरी बढाउँदै लगेका छन् । र यो दूरी नयाँ सडकको किचलोदेखि फेसबुकका भित्तासम्म फैलिंदो छ ।

दुवैले यो किचलोको औपचारिक स्वामित्व नलिए पनि फेसबुक स्टाटस र कमेन्टका भाषा पढ्दा त्यसको स्रोत स्पष्ट हुन्छ । सिंहदरबारमा आगो लगाउने शाहको फेसबुक धम्की होस् या न्यूरोड विस्तारमा सडक विभागसँग परेको किचलो, यो दूरी निरन्तर बढ्दो छ ।

सुरुमा शाहलाई युवा पुस्ताको प्रतिनिधि भन्दै प्रोत्साहन दिंदै आएका ओलीले यतिबेला भने घुमाउरो आलोचना गर्न थालेका छन् । मेयर शाहले गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणमा निरन्तर आफूलाई मुछ्दै अभिव्यक्ति दिन थालेपछि ओलीले केही समयअघि उनको नाम नलिई आलोचना गरेका थिए ।

चुनाव जितेपछि ओलीको धाप पाएका शाहले रचनात्मक काममा सहयोग समेत पाउने प्रतिबद्धता लिएर बालकोटबाट फर्केका थिए । तर विभिन्न निर्णय र कार्यशैलीका कारण शाहको सम्बन्ध स्थानीय तहमा एकैनाश रहन सकेन । उपमेयर सुनिता डंगोल लगायत कतिपय वडाध्यक्षले शाहको कार्यशैलीबारे प्रश्न उठाउन थालेका छन् ।