२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित



अ+ अ-

काठमाडौँ । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

बुधवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकलेसो विधेयक संशोधनसहित पारित गरेको हो । सो विधेयक सम्बन्धि समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिनुभयो । साथै समितिको बैठकले सो विधेयक प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्नका लागि सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

समितिकी सभापति सुवेदीले भन्नुभयो, ‘समितिको आजको बैठकमा पेश भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित भएको घोषणा गर्दछु । गरिदिनुहुन अनुरोध गर्दछु । माननीय सदस्यहरु समितिको आजको बैठकबाट पारित भएको समितिको प्रतिवेदनलाई प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था मिलाई दिनका लागि सम्माननीय सभामुख समक्ष पत्रसाथ अनुरोध गरिने व्यहोरा माननीय सदस्यहरुलाई अवगत गराउँदछु ।’

बैठकमा समितिका सदस्यहरुले सरकारले दिएको कार्यतालिका अनुसार कानून निर्माण कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०का सांसद पूर्णबहादुर घर्तीले सरकारले तय गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न पनि सरकारले समयमै कानून निर्माणको काम सम्पन्न गर्नुपर्ने भएकाले ती विषयलाई पनि कानूनमा समेटेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले दिएको कार्यतालिका अनुसार कानून निर्माण गर्ने प्रक्रियालाई बाध्यात्मक बनाउन सकियो भने पनि त्यो अलि व्यवस्थित हुन्छ कि भन्ने मलाई लागेको छ । जस्तै आगामी गाँजा सम्बन्धि विषय हामीले ल्यायौं । तर त्यो सम्बन्धि नियमनै बनेको छैन । कसरी कार्यान्वयन हुन्छ रु यस्तो विषयमा यति समय भित्र त्यो नियम बनाउनु पर्‍यो भन्ने व्यवस्था हुन आवश्यक छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले तत्काल कुनै विधेयक तर्जुमा गर्नुपरे बाधा नआउने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले ल्याएको कानून निर्माण सम्बन्धि कार्यतालिका तलमाथि गर्न नहुने पनि बताउनु भयो ।

सांसद गौतमले भन्नुभयो, ‘विधेयकमा प्राथमिकता क्रम निर्धारण गर्ने भन्ने छ । त्यसमा एउटा सर्वोच्च अदालतको आदेश र तत्काल कुनै विषयमा विधेयक तर्जुमा गर्नु परेमा त्यसमा कुनै बाधा अवरोध गर्न नहुने कुरा राख्नुपर्दछ । तर सरकारले जे कार्यतालिका दिन्छ कानून निर्माणका लागि । जस्तो एउटा आर्थिक वर्षमा सरकारले जस्तो कार्यतालिका दिन्छ, त्यो कार्यतालिका अनुसार काम हुनुपर्छ भन्ने किसिमको भाषा राख्नुपर्छ भन्ने मेरो कुरा हो ।’

सांसदहरुले कानून निर्माण प्रक्रियालाई पारदर्शी र गुणस्तरीय बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।




भर्खरै