१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छ: मन्त्री यादव

जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छ: मन्त्री यादव
अ अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताउनुभएको छ ।

एसियाली विकास बैङ्क (एडिबी)द्वारा आज यहाँ आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ’ भन्ने विषयको कार्यशालामा उहाँले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययनको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रुपमा अगाडि बढेर सहयोग गरिरहेको छ, मेलम्चीको मुहान विसं २०७८ मा बाढी पहिरोले क्षति भयो, एडिबीले उक्त क्षतिका बारेमा अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाएकोप्रति मसहित सिङ्गो मन्त्रालयको टोलीलाई धन्यवाद दिन चाहन्छु ।”

यसैगरी, मन्त्री यादवले सन् २०२१ मा मेलम्चीमा आएको बाढी र थिङ्बो हिमताल फुटेर आएको बाढीका कारण खुम्बु क्षेत्रमा पुगेको विनाशलाई उद्धृत गर्दै जलवायु परिवर्तनका सम्भावित जोखिमसँग जुध्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले जलवायु अनुकूलित पूर्वाधार विकासका लागि बहु–जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरणका लागि वित्त व्यवस्थापन र क्षेत्रीय सहयोगको महत्वलाई पनि जोड दिनुभयो । उहाँले एडिबीलाई नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा सराहना गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा भूटान सरकारका प्रतिनिधि गोविन्द शर्मा, नेपालका विभिन्न मन्त्रालय तथा विकास साझेदारका प्रमुख, विज्ञहरू र प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यशालाले नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । रासस