२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे जानकारी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिनुुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त संस्थाका अध्यक्ष डा भगवान कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले इच्छाशक्ति भएमा सुरुमा पैसा नभए पनि यस्ता काम अघि बढ्ने रहेछ भन्ने पुष्टि उक्त संस्थाले पेस गरेको बताउनुभयो ।

उहाँले बिरामीसँग पैसा नभए पनि सहज उपचार पाउने वातावरणका लागि उक्त संस्थाको सोच रहेकामा प्रशंसा व्यक्त गर्नुभयो ।

सो संस्थाले झापाको दमकमा सुविधासम्पन्न बाल अस्पताल सञ्चालनमा ल्याइसकेको छ भने काठमाडौँको बुढानीलकण्ठ–७, बाँसबारीमा बाल अस्पताल सञ्चालन गर्न ३० वर्षका लागि ४१ रोपनी जग्गा नेपाल सरकारले भाडामा उपलब्ध गराएको छ ।