२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजका अबसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर १५स्थित जोडोल टोल सुधार समाज महिला उपसमितिको आयोजना र अन्नपूर्ण विद्या सदनको संयोजनमा तीज विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा तीज शुभकामना आदानप्रदानका साथै सामाजिक सेवामा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा कामनपा वडा नम्वर १५ की जनप्रतिनिधी मैया महर्जन, डीएसपी पूर्णिमा चन्द,समाजसेवी भुवनप्रसाद पाण्डे,समाजसेवी नारायणप्रसाद भण्डारीलाई सम्मान तथा कदरपत्र वितरण गरिएको थियो । पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य उद्धव थापा ,बागमती प्रदेश सभा सदस्य सगिता खड्गी,वडाअध्यक्ष ईश्वरमान डंगोलले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

महिला तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिती रहेको जो डोल टोल सुधार समाज तीज विशेष सांस्कृतिक कार्यक्रममा मौलिक तीज गीतमा नृत्य प्रस्तुतीका साथै दर खाने कार्यक्रम गरिएको थियो । कार्यक्रममा वक्ताहरुले तीज भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

 

कार्यक्रमकी मूख्य संयोजक लक्ष्मी पाण्डेले तीजको मौलिकता जोगाउन र तडकभडक शैलीलाई निरुत्साहित गर्नपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस कामनपा वडा नम्वर १५ की क्रियाशील सदस्य सुमित्रा अर्यालले तीज महिला दिदीबहिनीको स्वतन्त्रता र सद्भाव बाँड्ने पर्वका रुपमा मानिने भएकाले गलत संस्कृतिको विरोध गर्दै हार्दिकता साटासाट गर्न आग्रह गर्नुभयो । कार्यक्रममा चर्चित कलाकार सहित बिद्यार्थीहरुले आ आफनो प्रस्तुती दिनु भएको थियो ।