• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   हेमन्त शर्माको ‘आउँथ्यो दशै’ गीत सार्वजनिक (भिडियोसहित) ★   सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै प्रधानमन्त्रीलाई बुझाइने ★   बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो ★   सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता ★   अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोलाई बर्खास्त गर्यो ★   चक्रवात ‘यागी’का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावित: युनिसेफ ★   जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै ★   सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछौँ: महामन्त्री थापा ★   नेपाल र हिमालयसँग सम्बन्धित करिब पाँच हजार दुर्लभ पुस्तकहरूको पुस्तकालय अब सबैका लागी खुल्ला ★   एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छः प्रधानमन्त्री

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ ।

दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय रहेको छ र उक्त कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा विक्री सुरुवात गरीसकेको छ ।

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।