२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाद्वारा गाजामा भूमिगत सुरुङबाट बन्धकहरूको उद्धार



अ+ अ-

एजेन्सी । इजरायली सेनाले दक्षिणी गाजा पट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ ।

५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको छ । अक्टोबर ७, २०२३ देखि हमास विद्रोहीहरूको कब्जामा रहेको र अलकादी सैन्य अपरेशनमार्फत मुक्त गरिएको आठौं बन्धक र जीवित उद्धार गरिएको पहिलो इजरायली अरब बन्धक हुनुहुन्छ । उहाँ भूमिगतबाट उद्धार गरिएका पहिलो बन्धक पनि हुनुहुन्छ ।

सेनाले अल्कादी दक्षिणी इजरायलको राहात शहरको दक्षिणमा रहेको बेदुइन गाउँ कर्कुरका हुनुहुन्थ्यो । किबुत्जमा हमासको आक्रमणको क्रममा उहाँको कार्यस्थल मागेनमा रहेको प्याकिङ हाउसबाट अपहरण गरिएको थियो । अक्टोबर ७ हमासको हमलामा करिव २५० बन्धक बनाइएका थिए । जसमा १०८ जना अझै हमासको नियन्त्रणमा छन् । तीमध्ये धेरैको मृत्यु भएको विश्वास गरिएको छ ।