२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले महिला टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ ।

टीमको कमान्ड हरमनप्रीत कौरलाई दिइएको छ । यस्तै, स्मृति मन्धानालाई उपकप्तान बनाइएको छ ।

विश्वकप अक्टोबर ३ बाट सुरु हुँदैछ । फाइनल खेल अक्टोबर २० मा हुनेछ । भारतीय टोलीको पहिलो खेल ४ अक्टोबरमा न्यूजिल्याण्डसँग हुनेछ ।

यसअघि यो प्रतियोगिता बंगलादेशमा खेल्ने भनिएपनि देशमा राजनीतिक फेरबदल भएपछि आईसीसीले प्रतियोगिता युएईमा सारेको थियो । अब प्रतियोगिताका सबै खेल शारजाह र दुबईमा हुनेछन् ।

महिला टी–२० विश्वकपका लागि भारतीय टोलीः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), शेफाली वर्मा, दीप्ती शर्मा, जेमिमाह रोड्रिग्स, ऋचा घोष (विकेटकीपर), यास्तिका भाटिया* (विकेटकिपर), पूजा वस्त्राकार, अरुंधती रेड्डी, रेणुका सिंह ठाकुर, दयालन हेमलान शोभना, राधा यादव, श्रेयंका पाटिल*, सजना सजीवन ।

ट्राभलिङ रिजर्भः उमा क्षेत्री (विके), तनुजा कंवर, साइमा ठाकोर । नन ट्राभलिङ रिजर्भ रघवी बिष्ट, प्रिया मिश्रा ।

*फिटनेश क्लियरेन्समा निर्भर

यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । समूह ए मा भारत ६ पटकको च्याम्पियन अस्ट्रेलियासँग छ । यस बाहेक यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड र छनोटको टोली समावेश छ ।

समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र क्वालिफायर–२ टोली छन् ।