• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

ओमनका विदेशमन्त्री आज नेपाल आउँदै, भोलि परराष्ट्रमन्त्रीसँग द्विपक्षीय वार्ता हुने



काठमाडौँ । ओमनका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदी नेपालको औपचारिक भ्रमणका लागि आज स्वदेश आउँदै हुनुहुन्छ ।

उहाँ आज अपराह्न काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । आज विमानस्थलबाट उहाँ होटल सोल्टी जानुहुने छ । आज उहाँको कुनै औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । मन्त्री डा राणा र विदशेमन्त्री अल बुसाइदीबीच भोलि बिहान द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । वार्तापछि भोलि नै मन्त्री डा राणाले उहाँको सम्मानमा होटल सोल्टीमा दिवाभोजको आयोजना गर्नुुभएको छ ।

त्यसैगरी विदेशमन्त्री अल बुसाइदीले भोलि नै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

विदेशमन्त्री अल बुसाइदी भोलि साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।