१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने



अ+ अ-

बलेवा (बागलुङ): पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिनुभयो । इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर सञ्चालनमा ल्याइनेछ । “मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निःशुल्क भोजन गर्ने व्यवस्था हुनेछ”, पञ्चकोटधाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्यले भन्नुभयो, “पूर्वाधारलाई व्यवस्थित बनाउने, आमनागरिकको भरोसाको केन्द्र पनि बनाइने छ ।”

दश वर्षअघिदेखि कारिकोट, रायरायकोट, माझकोट, ताराजालकोट र संसारकोट मिलाएर पञ्चकोट नामकरण गरी पर्यटकीय र धार्मिक पूर्वाधार निर्माण भइरहेको छ । पञ्चकोटमा गत माघमा धान्याञ्चलमार्फत रु ११ करोड बढी रकम सङ्कलन गरिएको छ । यो रकमले पूर्वाधार निर्माणको काम सुरु हुने वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।

यसबाहेक महासभाले पवित्र कालीगण्डकी नदी र नदीको सभ्यता जोगाउने अभियानलाई पनि देशव्यापी चलाउने निर्णय गरेको छ । मासिक रूपमा सञ्चालन भएको ३०औँ संस्करणमा विश्वशान्ति गण्डकी महासभाले नदी सभ्यताको अभियानलाई नागरिक तहमा लैजाने तयारी गरेको हो । कालीगण्डकीमा पाइने शालिग्राम संरक्षणसहित नदीलाई सरसफाइ गर्ने र दोहनबाट जोगाउन अभियान केन्द्रित हुनेछ ।

दामोदरकुण्डबाट त्रिवेणीसम्मका जिल्ला, प्रदेश, पालिकासम्म अभियान चलाएर नदी सभ्यता र जलाधार क्षेत्र संरक्षणको कार्यक्रम गरिने भएको हो । यसअघिका ३० वटा महासभा भने बागलुङ, तनहुँ र पोखरामा मात्र भएका थिए । कानुनी रूपमा बन्देज गरिएको असार, साउन र भदौमा पनि नदी दोहन भएको छ । पटकपटक दोहन भएकामा सभाले चिन्ता व्यक्त गरेको छ ।

“पहिलाका बूढापाकाले जानेरै नदीको सामग्री दोहन गरेनन्, बरु नदीको पूजा गरेर सभ्यता जोगाएका थिए”, महासभाका सदस्य तारानाथ शर्माले भन्नुभयो, “नदी सभ्यता, जलक्षेत्र जोगाउन सकिएन भने मानवजीवन पनि सङ्कटमा पर्छ ।” गण्डकीका दर्जनौँ क्षेत्रको पर्यटकीय विकास गरेर करोडौँ कमाउन सकिनेमा नदी दोहन रोक्नुपर्ने शर्माले बताउनुभयो ।रासस