१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शिक्षामन्त्री भट्टराईलाई पूर्व शिक्षामन्त्री सुमनाको प्रश्न- अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो ?

शिक्षामन्त्री भट्टराईलाई पूर्व शिक्षामन्त्री सुमनाको प्रश्न- अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो ?
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्री बिद्या भट्टराईले दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने भन्दै प्रश्न गर्नुभएको छ ।

मन्त्री भट्टराईले आज बिहान सामाजिक संञ्जाल मार्फत माग गर्नुभएको थियो ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

उहाँलाई जबाफ फर्काउदै पूर्वशिक्षा मन्त्री श्रेष्ठले लेख्नुभएको छ अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?

उहाँले लेख्नुभएको छ-

त्रिविमा पनि दुई तिहाई सरकार छ – एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ। अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाईको बहुमतले सरकार बनाएका ठुला दलका आशीर्वाद।

त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो – सबै गर्ने औजार हो राजनैतिक भातृ संगठन!

दुई तिहाईको सरकारले के दियो? स्थायीत्व कता गयो? गुण्डाहरुको मनोबल किन बढेको? विधिको शासन कता गयो? कसको आडमा? कसको प्रशयमा?

अनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सुरक्षाको माग छ, जनतासँग – बहस चलोस् भनेर रे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको सम्रक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?

वास्तवमा, काम गर्यो भने सकिन्छ। उदाहरण थुप्रै छन्। अहिलेको दुई तिहाईको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नु पर्ने हो?

यसै विषयमा मैले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिज्यूलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेकी छु। दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउनुहोस्। देशले यो भन्दा बढी कति गुमाउन पर्ने हो? अझै कति पुस्ताले यो हविगत बेहोर्नु पर्ने हो?

No ‘if’ no ‘but’

दलीय राजनीति शिक्षा क्षेत्रबाट CUT!