१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौं: देउवा

संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौं: देउवा
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको छ ।

लोकतन्त्रप्रति प्रतिवद्ध काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमती सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो । मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व।प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ठूलो दुई पार्टी बीचको संविधान संशोधन गर्ने सहमतीलाई अन्य दलहरुले आफ्नो खिलाफको रुपमा लिन नहुने पनि बताउनु भयो । सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमती भए आफूहरुले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताउनु भयो । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरु अघि बढने पनि बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौं । अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमती भएको हो । केही कुराहरु छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने रु यहि सहमती बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरुमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबीच सहमती भएको छ । यो दुई पार्टीबीचको सहमती कुनै पार्टीको खिलाफमा होइन । यो सहमतीमा अरु सबै पार्टीहरुलाई समेट्दै लैजाने हो । र नेपालमा अझ प्रजातान्त्रिक सिद्धान्तलाई समाजवाद उन्मुख बनाउने विषयलाई ध्यानमा राखेर हामी अघि बढन खोजिराखेका छौं । हाम्रो पार्टी हो । त्यसकारण यसमा कुनै पनि साथीभाईहरुले आशंका गरिरहनुपर्ने आवश्यक्ता छैन । ओलीजी पनि प्रजातन्त्रको मुलभुत सिद्धान्तको पक्षमा हुनुहुन्छ । नेपाली काँग्रेस प्रजातन्त्रप्रति प्रतिवद्ध हुने नै भइहाल्यो । त्यसैले जुन हामी बीचमा सहमती भएको छ । त्यो सोची विचारकन भएको सहमती हो । दुई वटा पार्टी मिले भईहाल्यो नि भन्ने पनि सुनियो । दुई वटा पार्टी मिल्नुको मतलव अरु कुनै पार्टीको खिलाफमा होइन । त्यसकारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माधवकुमार नेपालजीको पार्टी नेकपा एसलगायत हामी सबै दलहरुलाई एकसाथ लिएर अघि बढाउने हो । सबै पार्टीहरुलाई साथसाथै लिएर जाने हो ।’

सभापति देउवाले दुई ठूला पार्टीबीचको सहमतीमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि बताउनु भयो ।