२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्: शेखर कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य नि:शुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दु:ख व्यक्त गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई केही चिन्ता लागेको छ । हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ । शिक्षा र स्वास्थ्यलाई नि:शुल्क भन्यौँ । एजुकेशन यस्तो महंगो भइसकेको छ, त्यसको प्राइज कसरी घटाउने हो रु मानिस अब पढ्नै नजाने अवस्था भइसक्यो । सरकारी क्याम्पसहरुमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था छ । हेल्थको हेर्दापनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ । यसले हुने खानेले मात्रै पढ्ने हो की, नसक्नेले पनि जानसक्ने बनाउनुपर्ने हो त्यतातिर पनि हाम्रो ध्यान जान सक्नुपर्छ । सरकारको धयन त्यतातिर हामीले पुर्‍याउनुपर्छ ।’

नेता कोईरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताउनु भयो ।