१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

खेलकुदमा लगानी बढाउन आवश्यकः मन्त्री चौधरी

खेलकुदमा लगानी बढाउन आवश्यकः मन्त्री चौधरी
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार साँझ नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले खेलकुदमा पर्याप्त लगानी हुन नसकेको बताउनु भयो । उहाँले खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएको बताउनु भयो । उहाँले क्रिकेट नेपालका पहिचान भएको बताउनु भयो । उहाँले क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र खेलप्रेमीको मायाले खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित भएको बताउनु भयो । उहाँले खेलाडीहरुलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधार दिन नसकेको स्वीकार गर्नुभयो । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाँडो भन्दा चाँडो तयार हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रिकेट नेपालका लागि एउटा पहिचान मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको छ । नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै पनि यसो हेर्दा क्रिकेट रंगशाला अहिले पनि व्यवस्थित रुपमा कुनै रंगशाला हुन सकेको छैन । तर खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र सम्पूर्ण खेलप्रेमीको मायाले आज खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित छन् । खेलाडीहरु राष्ट्रका गहना हुन् । खेलाडीहरुलाई सुविधा र भौतिक पूर्वाधार दिन सकिएको छैन । ट्रेनरहरुलाई राम्रो व्यवस्थापन गर्न सकिएको छैन । खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व हो । यसमा पर्याप्त लगानी गर्नुपर्छ । खेलकुदको भौतिक पूर्वाधारमा म आफँै चासो दिएर पहल गरिरहेको छु ।’

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताकासाथ अघि बढिरहेको बताउनु भयो । उहाँले नयाँ कार्यसमिति आए लगत्तै नेपाल प्रिमियर लिगको सोच बनाएको बताउनु भयो । नेपाली क्रिकेट र नेपाली खेलकुदलाई सबैको माया चाहिएको बताउनु भयो । खेललाई प्रोफेसनल बनाउन सबैले खेलकुदलाई साथ दिनुपर्ने बताउनु भयो ।

सचिव खड्काले नेपाली क्रिकेट आज ब्राण्डको रुपमा प्रश्तुत भएको जिकिर गर्नुभयो । नेपाल प्रिमियर लिगले अझ माथि पु¥याउने बताउनु भयो । एनपीएल आगामी मंसिर १५ गतेदेखि हुन लागेको क्यानले जनाएको छ ।