४ आश्विन २०८१, शुक्रबार
,
Latest
क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतियुनिट ८ रुपैयाँ ७२ पैसामा नेपालसँग भारतले थप २ सय ५१ मेगावाट बिजुली किन्ने



अ+ अ-

काठमाडौँ । भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।

भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत विक्री सम्झौतामार्फत विद्युत निर्यात स्वीकृित दिएको बताउनु भयो । उहाँले विगतमा भारतले ६ सय ९० मेगावाट ९१६ वटा आयोजना० बाट निर्यात गर्दै आएकोमा सोमवारबाट थप २५१ गरी कुल ९ सय ४१ मेगावाट विद्युत खरिद गर्ने भएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले भारतमा विद्युत निर्यातको परिणाम बढेसँगै नेपालले आर्जन गर्ने रकम पनि बढ्ने बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत बिक्री गरेको भन्दै चालु आर्थिक वर्षमा २५ देखि ३० अर्ब रुपैयाँको विद्युत निर्यात हुने अनुमान प्राधिकरणको रहेको बताउनु भयो ।

उहाँले नेपाल खुद विद्युत निर्यातकर्ता भएकाले गत आर्थिक वर्षमा आयात भन्दा निर्यात बढी गरेको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरु मिलाएर आयोजनाहरुबाट विद्युत निर्यात शुरु गर्ने जानकारी दिनुभयो । उहाँले स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्ने अवस्थामा प्राधिकरण पुगेको बताउनु भयो । उहाँले २ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारको लागि १ सय २६ मेगावाट विद्युत हरियाणा निर्यात गरिने बताउनु भयो । उहाँले बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता भएको बताउनु भयो । दुवै ठाउँको लागि विद्युतको मूल्य प्रतियुनिट भारतीय ५ रुपये ४५ पैसा ९नेपाली ८ रुपैयाँ ७२ पैसा० रहेको बताउनु भयो । उहाँले भारतसँग अझै २५० मेगावाटका आयोजनाहरु अहिले पनि सम्झौता गर्ने प्रक्रियामा रहेको बताउनु भयो । उहाँले यो वर्षमा भारतमा १ हजार मेगावाट विद्युत पठाउने योजनामा प्राधिकरण रहेको बताउनु भयो । २५१ मेगावाट विद्युत निर्यातको स्वीकृति १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सम्झौताअनुरुप भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘भारतको विद्युत प्राधिकरणबाट १२ वटा आयोजनाको २ सय ५१ मेगावाट विद्युत निर्यातको लागि स्वीकृति प्राप्त भएको छ । विद्युत प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरु मिलाएर आयोजनाहरुबाट विद्युत निर्यात शुरु गर्छौं । आज स्वीकृत भएको २ सय ५१ सहित ९ सय ४१ मेगावाट विद्युत निर्यातको लागि स्वीकृत प्राप्त भएको छ । पहिला ६९० मेगावाट १६ वटा आयोजनाबाट थियो । आज १२ वटा आयोजनासहित १८ आयोजनाहरुबाट भारतमा विद्युत निर्यात हुने भएका छन् । स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्छौं । दशैँको समयमा नेपालमा विद्युतको माग कम हुने हुँदा त्यो बेलामा भारतमा हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्नसक्छौं ।

२ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारको लागि १ सय २६ मेगावाट विद्युत हरियाणा पठाउँदै छौं । बिहार र हरियाणाको लागि मध्यकालिन सम्झौताअनुसार पठाउन लागिएको हो । बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता रहेको छ । दुवै ठाउँको लागि विद्युतको मूल्य प्रतियुनिट भारतीय ५ रुपैया ४५ पैसा रहेको छ । जुन नेपाली रुपैयाँ ८ रुपैयाँ ७२ पैसा हुन्छ । अझै २५० मेगावाटका आयोजनाहरु अहिले पनि सम्झौता गर्ने प्रक्रियामा छन् । यो वर्ष १ हजार मेगावाट विद्युत पठाउन सक्छौं । चालु आर्थिक वर्षमा कम्तिमा पनि २५ देखि ३० अर्ब विद्युत निर्यात हुन्छ भन्ने अनुमान छ । २५१ मेगावाट विद्युत निर्यातको स्वीकृत १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सम्झौताकै निरन्तरता हो । अहिले मध्यकालिन सम्झौता भएको छ । सरकारले २५ वर्षे दीर्घकालिन सम्झौता पनि गर्ने तयारीमा रहेको छ ।’

भारतले पहिलो पटक सन् २०२१ अक्टोबरमा नेपालबाट ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । पछिल्लो तीन वर्षमा भारतले नेपालबाट विद्युत निर्यातको परिणाम निरन्तर रुपमा वृद्धि गरिरहेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौता आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत विक्री गर्ने रहेको छ । सम्झौताको पहिलो वर्षमा १ हजार मेगावाट विद्युत निर्यातको स्वीकृति पाइसक्केको छ । नेपाल दक्षिण एशिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने आधार तय भइरहेको छ । त्रिदेशिय सम्झौता अनुरुप बंगलादेशलाई ४० मेगावाट विद्युत विक्री गर्ने सम्झौता अन्तिम चरणमा पगेको छ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम सहज भएसँगै सम्झौता गर्ने तयारीमा प्राधिकरण छ ।