१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

प्रतियुनिट ८ रुपैयाँ ७२ पैसामा नेपालसँग भारतले थप २ सय ५१ मेगावाट बिजुली किन्ने

प्रतियुनिट ८ रुपैयाँ ७२ पैसामा नेपालसँग भारतले थप २ सय ५१ मेगावाट बिजुली किन्ने
अ अ+ अ-

काठमाडौँ । भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।

भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत विक्री सम्झौतामार्फत विद्युत निर्यात स्वीकृित दिएको बताउनु भयो । उहाँले विगतमा भारतले ६ सय ९० मेगावाट ९१६ वटा आयोजना० बाट निर्यात गर्दै आएकोमा सोमवारबाट थप २५१ गरी कुल ९ सय ४१ मेगावाट विद्युत खरिद गर्ने भएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले भारतमा विद्युत निर्यातको परिणाम बढेसँगै नेपालले आर्जन गर्ने रकम पनि बढ्ने बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत बिक्री गरेको भन्दै चालु आर्थिक वर्षमा २५ देखि ३० अर्ब रुपैयाँको विद्युत निर्यात हुने अनुमान प्राधिकरणको रहेको बताउनु भयो ।

उहाँले नेपाल खुद विद्युत निर्यातकर्ता भएकाले गत आर्थिक वर्षमा आयात भन्दा निर्यात बढी गरेको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरु मिलाएर आयोजनाहरुबाट विद्युत निर्यात शुरु गर्ने जानकारी दिनुभयो । उहाँले स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्ने अवस्थामा प्राधिकरण पुगेको बताउनु भयो । उहाँले २ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारको लागि १ सय २६ मेगावाट विद्युत हरियाणा निर्यात गरिने बताउनु भयो । उहाँले बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता भएको बताउनु भयो । दुवै ठाउँको लागि विद्युतको मूल्य प्रतियुनिट भारतीय ५ रुपये ४५ पैसा ९नेपाली ८ रुपैयाँ ७२ पैसा० रहेको बताउनु भयो । उहाँले भारतसँग अझै २५० मेगावाटका आयोजनाहरु अहिले पनि सम्झौता गर्ने प्रक्रियामा रहेको बताउनु भयो । उहाँले यो वर्षमा भारतमा १ हजार मेगावाट विद्युत पठाउने योजनामा प्राधिकरण रहेको बताउनु भयो । २५१ मेगावाट विद्युत निर्यातको स्वीकृति १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सम्झौताअनुरुप भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘भारतको विद्युत प्राधिकरणबाट १२ वटा आयोजनाको २ सय ५१ मेगावाट विद्युत निर्यातको लागि स्वीकृति प्राप्त भएको छ । विद्युत प्राधिकरणले तीन दिनभित्रै सबै प्रक्रियाहरु मिलाएर आयोजनाहरुबाट विद्युत निर्यात शुरु गर्छौं । आज स्वीकृत भएको २ सय ५१ सहित ९ सय ४१ मेगावाट विद्युत निर्यातको लागि स्वीकृत प्राप्त भएको छ । पहिला ६९० मेगावाट १६ वटा आयोजनाबाट थियो । आज १२ वटा आयोजनासहित १८ आयोजनाहरुबाट भारतमा विद्युत निर्यात हुने भएका छन् । स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्छौं । दशैँको समयमा नेपालमा विद्युतको माग कम हुने हुँदा त्यो बेलामा भारतमा हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्नसक्छौं ।

२ सय ५१ मेगावाटमध्ये १ सय २५ मेगावाट बिहारको लागि १ सय २६ मेगावाट विद्युत हरियाणा पठाउँदै छौं । बिहार र हरियाणाको लागि मध्यकालिन सम्झौताअनुसार पठाउन लागिएको हो । बिहारसँग तीन वर्ष र हरियाणासँग पाँच वर्षको सम्झौता रहेको छ । दुवै ठाउँको लागि विद्युतको मूल्य प्रतियुनिट भारतीय ५ रुपैया ४५ पैसा रहेको छ । जुन नेपाली रुपैयाँ ८ रुपैयाँ ७२ पैसा हुन्छ । अझै २५० मेगावाटका आयोजनाहरु अहिले पनि सम्झौता गर्ने प्रक्रियामा छन् । यो वर्ष १ हजार मेगावाट विद्युत पठाउन सक्छौं । चालु आर्थिक वर्षमा कम्तिमा पनि २५ देखि ३० अर्ब विद्युत निर्यात हुन्छ भन्ने अनुमान छ । २५१ मेगावाट विद्युत निर्यातको स्वीकृत १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद सम्झौताकै निरन्तरता हो । अहिले मध्यकालिन सम्झौता भएको छ । सरकारले २५ वर्षे दीर्घकालिन सम्झौता पनि गर्ने तयारीमा रहेको छ ।’

भारतले पहिलो पटक सन् २०२१ अक्टोबरमा नेपालबाट ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । पछिल्लो तीन वर्षमा भारतले नेपालबाट विद्युत निर्यातको परिणाम निरन्तर रुपमा वृद्धि गरिरहेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौता आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत विक्री गर्ने रहेको छ । सम्झौताको पहिलो वर्षमा १ हजार मेगावाट विद्युत निर्यातको स्वीकृति पाइसक्केको छ । नेपाल दक्षिण एशिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने आधार तय भइरहेको छ । त्रिदेशिय सम्झौता अनुरुप बंगलादेशलाई ४० मेगावाट विद्युत विक्री गर्ने सम्झौता अन्तिम चरणमा पगेको छ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम सहज भएसँगै सम्झौता गर्ने तयारीमा प्राधिकरण छ ।