१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नू: उपप्रधानमन्त्री सिंह

सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नू: उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले काँग्रेस–एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले त्यस्तो हल्लाको पछि लाग्न नहुने बताउन भएको हो ।

नेवा: सम्पर्क समूह, रामेछापले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई काँग्रेस–एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गर्नुभयो । जनतालाई अधिकार दिलाउनका लागि लडेको काँग्रेस–एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो । उहाँले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताउनु भयो । उपप्रधानमन्त्री सिंहले भूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन सरकार अघि बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार बन्नुको मुख्य कारण के हो त भन्दाखेरी राजनीतिक स्थायित्व दिलाउनका लागि, छिटो भन्दा छिटो सरकार परिवर्तन ७ महिना, ८ महिनामा नै सरकार परिवर्तन भईराख्ने, त्यसले पोलिटिकल स्टाबिलिटी दिँदैन । र जनतामा पनि टिक्ने नटिक्ने सरकारले के गर्छ ? भन्ने प्रश्न उठेको कारणले गर्दा वर्तमान संसदको सबभन्दा ठूलो दल र सेकेण्ड ठूलो दल मिलेर सरकार बनाउने र बाँकि भएको समय यसलाई व्यवस्थित गर्दै अगाडि बढ्ने भन्ने कुरामा यो सरकार गठन भएको छ । र, यो सरकार खास गरेर बन्दाखेरी नै अव अर्थक्वीक त्यत्रो भयो । त्यसपछि कोभिडको कारणले गर्दा यो ईकोनोमीलाई लयमा ल्याउन अपm्ठयारो भइरहेको कारणले गर्दा यी सबै इकोनोमिक एक्टिभिटीलाई पनि अगाडि बढाउनका लागि अहिलेको यो वर्तमान सरकारले त्यसमा विशेष ध्यान दिएर काम गरेर देखाउनका लागि यो सरकार बनेको कारणले यसमा तपाईहरुको सहयोग हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

‘अर्को कुरायहाँ कस्तो भाष्य निर्माण गर्न खोजिएको छ भने संविधान संशोधन गरेर भएको अधिकार पनि यो सरकारले छिन्न लागेको हो कि भन्ने छ संविधान संशोधनको नारा लगाएर । त्यो बिल्कुल होइन । कुरा के हो भने तपाईहरु सबैलाई थाहा छ । २०४६ सालको आन्दोलन भन्नुस् । त्यो भन्दा अगाडिको हरेक आन्दोलन भन्नुस् । अहिले यो वर्तमान सरकारको जुन कम्पोजिशनमा काँग्रेस र एमाले छ । यो त दुवै पार्टीले जनतालाई अधिकार दिलाउनका लागि लडेको यो पार्टीले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुँदै हुँदैन । त्यसो भएको कारणले हामी सबैले सोच्ने विवेक हामीमा छ । त्यसलाई हामीले प्रयोग गर्नु पर्छ । हल्लाको पछाडि लागेर हामी कहीँ पनि पुग्नेवाला छैनौं भन्ने कुरामा पनि हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लागेको छ ।’

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले नेवा: समुदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा खेल्दै आएको भुमिकाको पनि खुलेर प्रशंशा गर्नुभयो ।