२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ७ अर्बभन्दा बढि खर्चमा ४६ हजार २ सय ७० घर पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ७ अर्बभन्दा बढि खर्चमा ४६ हजार २ सय ७० घर पुनर्निर्माण
अ अ+ अ-

काठमाडौँ । साउनयता पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ । उक्त रकम पुनर्निर्माणको समग्र खर्च रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यस अवधिमा ४६ हजार २ सय ७० घर पुनर्निर्माण भएका छन् । किस्ता बुझेर घर बनाउने क्रम जारी रहेको प्राधिकरणको भनाइ छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक तथ्यांकअनुसार २७ विद्यालय र १२ वटा पुरातात्त्विक सम्पदा पुनर्निर्माण भएका छन् । साउनदेखि कात्तिकसम्म ६ हजार ६ सय लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । ५ हजार १ सय १४ जनाले तेस्रो किस्ता बुझेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

६ सय ८५ ले प्रबलीकरण लाभग्राहीका रूपमा अनुदान सम्झौता गरेको उनले बताए । यसमध्ये ४ सय ५० ले पहिलो किस्ताका रूपमा ५० हजार रुपैयाँ बुझेको प्राधिकरणले जनायो ।पहिला नै लाभग्राही कायम भएका समेत गरी १ हजार ३ सय ५० जनाले अनुदानका लागि सम्झौता गरेका छन् । सबैको चासो रहेको रानीपोखरीको पुनर्निर्माणको काम सकिएको छ । सबैको नजर पुग्ने धरहराको भने पुनर्निर्माण जारी छ । अहिले १९ तलासम्मको ढलान सकिएको प्राधिकरणले जनायो । समीक्षा बैठकमा शुक्रबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सक्रिय रूपमा प्राधिकरणको काम गर्ने अवधि साढे सात महिनाभन्दा कम रहेको उल्लेख गरे ।

तोकिएका लक्ष्य हासिल गर्न सबै लागिपर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै भूमिहीन लाभग्राही १ हजार ४ सय ४८ जना छन् । जसलाई बसिरहेकै ठाउँमा घर बनाउन स्वीकृति दिइएको छ । ७७ जनालाई जग्गा खरिद गर्न प्रतिलाभग्राही २ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय भएको सहप्रवक्ता घिमिरेले जानकारी दिए । निजी आवास पुनर्निर्माणको काम ९३ प्रतिशत सम्पन्न हुने क्रममा छ । ७१ प्रतिशत सम्पन्न भइसकेको छ । २२ प्रतिशत निर्माणाधीन छ । आगामी पुस १० मा प्राधिकरणको समय सकिँदै छ । मंसिर १५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।

‘प्राधिकरणको समय थप्ने निर्णय भएको छ,’ उनले भने, ‘तर आधिकारिक रूपमा पत्र आइसकेको छैन ।’ भूकम्पपछि क्षति पुगेका २० वटा स्थानीय स्तरका सडकको ३ सय ५ किलोमिटरमध्ये विभिन्न चरणका काम भइरहेको प्राधिकरणले जनाएको छ । १८ हजार २ सय २१ जनाले पुनरावेदन गरेका पत्र पुनरावेदन समितिमा दर्ता भएका छन् । १ हजार ३ सय ६८ वटा निवेदनको फैसला भइसकेको छ । लाभग्राही सूचीमा परेका ८ लाख ३४ हजार ९ सय २१ मध्ये ७ लाख ९१ हजार ७ सय ६७ जनाले मात्र रकम सम्झौता गरेका छन् । तथ्यांकअनुसार ४३ हजार १ सय ५४ जनाले अनुदान सम्झौता गरेको देखिँदैन । त्यस्तै ६ हजार ८ सय १७ जनाले अनुदान सम्झौता गरे पनि पहिलो किस्ता बुझेका छैनन् । अहिलेसम्म ७ लाख ८४ हजार ९ सय ५० जनाले पहिलो किस्ता बुझेका छन् ।

६ लाख ७७ हजार ९४ जनाले दोस्रो किस्ता बुझेका छन् । तर पहिलो किस्ता बुझेर पनि दोस्रो किस्ता नबुझ्नेको संख्या १ लाख ७ हजार ८ सय ५६ छ । अहिलेसम्म तेस्रो किस्ता बुझ्नेको संख्या ६ लाख ५ हजार ८३ छ । जसमा दोस्रो किस्ता बुझेर तेस्रो किस्ता नबुझ्नेको संख्या ७२ हजार ११ छ । पहिलो किस्ता लिइसकेका सबै लाभग्राहीले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिन २०७७ माघ मसान्त, तेस्रो तथा अन्तिम किस्ताका लागि २०७८ वैशाख मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । कान्तिपुर दैनिक