२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकप बंगलादेशबाट सर्न सक्ने, युएई बलियो दावेदार



अ+ अ-

एजेन्सी । महिला टी–२० विश्वकप बंगलादेशबाट सर्ने सम्भावना छ । प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म हुने छ । बंगलादेशमा राजनीतिक अस्थिरताका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यसलाई सार्न निर्णय गर्न सक्छ ।

युएई महिला विश्वकप आयोजना गर्ने विकल्पमा सबैभन्दा अगाडि छ । तर, श्रीलंका र जिम्बाब्वे क्रिकेट बोर्डले पनि बंगलादेशबाट सारिएमा त्यहाँ प्रतियोगिता आयोजना गर्न चासो देखाएको छ ।

मिडिया रिपोर्टका अनुसार युएई बंगलादेशबाट सारियो भने महिला टी–२० विश्वकप आयोजना गर्ने बलियो दावेदार हो । युएईको दुबई, अबु धाबी र शारजाहमा अन्तर्राष्ट्रिय स्टेडियमहरू छन् । युएईले यसअघि नै टी–२० विश्वकप आयोजना गरिसकेको छ ।

कोरोनाका कारण सन् २०२१ मा भारतमा हुने पुरुष टी–२० विश्वकप युएईमा आयोजना भएको थियो । यद्यपि यो भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आयोजना गरेको थियो ।

महिला टी–२० विश्वकप अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय भएको थियो । यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । १८ दिनमा २३ खेलहरू हुनेछन् । समूह ए मा भारत र ६ पटकको च्याम्पियन अस्ट्रेलिया एकै समूहमा छन् ।

यस बाहेक यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड र छनोटको टोली समावेश छ । समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र क्वालिफायर–२ टोली छन् ।