१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

गत साउनको तुलनामा अहिले राजश्व २०.१ प्रतिशत र पुँजीगत खर्च ९ गुणाले वृद्धि

गत साउनको तुलनामा अहिले राजश्व २०.१ प्रतिशत र पुँजीगत खर्च ९ गुणाले वृद्धि
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारको पहलकदमीका कारण केही सकारात्मक संकेतहरु शुरु भको बताउनु भयो । उहाँले पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा ९ गुणाले वृद्धि भएको बताउनु भयो । उहाँले घरजग्गा कारोबार अहिले आम मानिसहरुमा चासोको विषय रहेको भन्दै घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको बताउनु भयो ।

उहाँले घरजग्गा कारोबार गत वर्षको साउनको तुलनामा यस आर्थिक वर्षको साउन महिनामा ११ प्रतिशतले बढको दाबी गर्नुभयो । उहाँले राजश्व ३२ प्रतिशतले वृद्धि भएको बताउनु भयो । अर्थतन्त्रमा सकारात्मक संकेत अनायास नभएको भन्दै सरकारप्रति आम नागरिकको विश्वासका कारण सम्भव भएको बताउनु भयो । सरकारले लिएको नीतिको प्रभावका कारण पनि अर्थतन्त्र सकारात्मक बन्दै गएको बताउनु भयो । उहाँले अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा नरहेको र अझ तिब्र गतिको आर्थिक प्रगति देशलाई चाहिएको बताउनु भयो । आर्थिक क्षेत्रमा रहेका समस्याको शिघ्र समाधान चाहिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको पहलकदमीका कारण केही सकारात्मक संकेतहरु देख्न सक्छौँ । २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा राजश्व वृद्धि २०.१ प्रतिशत छ । पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा यो वर्ष पुँजीगत खर्च ९ गुणाले वृद्धि भएको छ । घरजग्गा कारोबार अहिले आम मानिसहरुमा चासोको विषय बनेको छ । घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको छ । त्यसलाई कसरी चलायमान गर्नेहोला । यस क्षेत्रका समस्या कसरी समाधान गर्ने रु भन्ने कोणबाट पनि टिप्पणी हुने गर्दछन् । अहिले मात्रै हामी देख्नसक्छौँ घरजग्गा कारोबार गतको तुलनामा ११ प्रतिशतले बढको छ । राजश्व ३२ प्रतिशतले वृद्धि भएको छ । समग्रतामा अर्थतन्त्रमा केही सकारात्मक संकेतहरु देखापरेका छन् । यो अनायास भएको होइन, यसको पृष्ठभूमिमा सरकारप्रति आम नागरिकको विश्वासले काम गरेको छ । सरकारले लिएको नीतिको प्रभाव छ । अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा छैन । हामीलाई अझ तिब्र गतिको आर्थिक प्रगति चाहिएको छ । आर्थिक क्षेत्रमा रहेका समस्याको शिघ्र समाधान चाहिएको छ ।’

उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्र र सरकार एउटै नदी प्रणाली रहेको बताउनु भयो । उहाँले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग निर्माण गर्ने प्रतिवद्धता मन्त्रालयले लिएको भन्दै अध्ययन गरेर अध्ययनका प्रतिवेदन दराजमा थन्क्याइ दराज सजाउने स्थिति नहुने बताउनु भयो । विदेशी लगानीको लागि लचिलो बन्ने तर नेपाली पुँजी बाहिर जाने कुरामा होशियारी अपनाउन आग्रह गर्नुभयो । नेपालमा आउने विदेशी लगानी गैरकानूनी हुनु नहुने बताउनु भयो । उहाँले सरकारले लगाएको काम सकिसकेपछि राज्यले भुक्तानी दिने स्पष्ट पार्नुभयो । उहाँले सम्पन्न भएको कामको भुक्तानी सम्बन्धित व्यवसायीहरुले पाउने बताउनु भयो । सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गरेर नै सरकार अघि बढ्ने बताउनु भयो ।