१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छ: उपप्रधानमन्त्री पौडेल

सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छ: उपप्रधानमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्ला दिनहरुमा शेयर बजारको बारेमा प्राय: चर्चा हुने गरेको भन्दै शेयर बजार अहिले उत्साहित रहेको बताउनु भयो । उहाँले शेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै शेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्ने बताउनु भयो । उहाँले सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित रहेको बताउनु भयो । उहाँले सरकारले दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझावमाथि सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक क्षेत्रमा केही सकारात्मक पलह कदमी लिइएका छन् । सरकारका पहलकदमी र पछिल्ला कतिपय निर्णयहरुले, मौद्रिक नीति लगायतका कतिपय नीतिहरुले अर्थतन्त्रलाई चलायमान गर्न, गतिशिल तुल्याउन सकारात्मक संकेत गरेको छ । पछिल्ला दिनहरुमा प्राय: चर्चा हुने गर्छ, शेयर बजारको । काफी चर्चा हुने गरेको छ । यो चर्चाका निम्ति मैले केही भन्नुछैन । मैले यति मात्रै भन्न चाहन्छु, शेयर बजार अहिले उत्साहित छ । हामीले भन्ने गरेका छौँ, शेयर बजार अर्थतन्त्रको ऐना हो ।

यसले हाम्रो अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्दछ । यस हिसावले सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित छ । हामी दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको देख्न चाहन्छौँ । त्यसका निम्ति आवश्यक पर्ने नीतिगत प्रवन्ध, आवश्यक पर्ने संरचनागत प्रवन्ध, आवश्यक प्रविधिको प्रवन्ध मैले तीन पक्षमा ध्यान दिनुपर्ने आवश्यकता देखिरहेको छु । शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत प्रवन्ध, संरचनागत प्रवन्ध र कतिपय प्रविधिको पनि प्रवन्ध गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि सरकारको ध्यान गइरहेको छ । इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझाव दिनुभएको छ । यसमा हाम्रो गम्भीर ध्यान छ ।’

उपप्रधानमन्त्री पौडेलले नेपालको अर्थतन्त्र चुनौतिको बीचबाट गुज्रिएको बताउनु भयो । उहाँले अर्थतन्त्र शिथिल रहेको र यसलाई चलायमान नबनाएसम्म, उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म, रोजगारी सिर्जना नगरेसम्म, लगानी अभिवृद्धि नगरेसम्म लगानीमैत्री वातावरण निर्माण नगरेसम्म समग्र राष्ट्रको आय र प्रतिव्यक्ति आयलाई नबढाएसम्म आर्थिक क्षेत्रमा चाहेको परिवर्तन सम्भव नरहेको बताउनु भयो । वर्तमान सरकार बने यता अर्थतन्त्रका समस्या पहिचान गर्ने र समाधान गर्ने विषयमा बढी ध्यान दिएको बताउनु भयो । तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अर्थतन्त्रका समस्या समाधान गर्न आवश्यक कदम चालिरहेको बताउनु भयो । वर्तमान सरकार बनेपछि आम नागरिकको निराशा चिर्न सफल भएको बताउनु भयो ।