४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छ: उपप्रधानमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्ला दिनहरुमा शेयर बजारको बारेमा प्राय: चर्चा हुने गरेको भन्दै शेयर बजार अहिले उत्साहित रहेको बताउनु भयो । उहाँले शेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै शेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्ने बताउनु भयो । उहाँले सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित रहेको बताउनु भयो । उहाँले सरकारले दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझावमाथि सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक क्षेत्रमा केही सकारात्मक पलह कदमी लिइएका छन् । सरकारका पहलकदमी र पछिल्ला कतिपय निर्णयहरुले, मौद्रिक नीति लगायतका कतिपय नीतिहरुले अर्थतन्त्रलाई चलायमान गर्न, गतिशिल तुल्याउन सकारात्मक संकेत गरेको छ । पछिल्ला दिनहरुमा प्राय: चर्चा हुने गर्छ, शेयर बजारको । काफी चर्चा हुने गरेको छ । यो चर्चाका निम्ति मैले केही भन्नुछैन । मैले यति मात्रै भन्न चाहन्छु, शेयर बजार अहिले उत्साहित छ । हामीले भन्ने गरेका छौँ, शेयर बजार अर्थतन्त्रको ऐना हो ।

यसले हाम्रो अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्दछ । यस हिसावले सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित छ । हामी दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको देख्न चाहन्छौँ । त्यसका निम्ति आवश्यक पर्ने नीतिगत प्रवन्ध, आवश्यक पर्ने संरचनागत प्रवन्ध, आवश्यक प्रविधिको प्रवन्ध मैले तीन पक्षमा ध्यान दिनुपर्ने आवश्यकता देखिरहेको छु । शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत प्रवन्ध, संरचनागत प्रवन्ध र कतिपय प्रविधिको पनि प्रवन्ध गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि सरकारको ध्यान गइरहेको छ । इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझाव दिनुभएको छ । यसमा हाम्रो गम्भीर ध्यान छ ।’

उपप्रधानमन्त्री पौडेलले नेपालको अर्थतन्त्र चुनौतिको बीचबाट गुज्रिएको बताउनु भयो । उहाँले अर्थतन्त्र शिथिल रहेको र यसलाई चलायमान नबनाएसम्म, उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म, रोजगारी सिर्जना नगरेसम्म, लगानी अभिवृद्धि नगरेसम्म लगानीमैत्री वातावरण निर्माण नगरेसम्म समग्र राष्ट्रको आय र प्रतिव्यक्ति आयलाई नबढाएसम्म आर्थिक क्षेत्रमा चाहेको परिवर्तन सम्भव नरहेको बताउनु भयो । वर्तमान सरकार बने यता अर्थतन्त्रका समस्या पहिचान गर्ने र समाधान गर्ने विषयमा बढी ध्यान दिएको बताउनु भयो । तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अर्थतन्त्रका समस्या समाधान गर्न आवश्यक कदम चालिरहेको बताउनु भयो । वर्तमान सरकार बनेपछि आम नागरिकको निराशा चिर्न सफल भएको बताउनु भयो ।