२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद महासंघलाई शंकर पोखरेलको निर्देशन: जिम्मेवारीसहितको नेता बन्नुस्



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खेलकुद क्षेत्रको नेतृत्व लिनेगरी अगाडि बढ्न खेलकुद महासंघलाई निर्देशन दिनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय ललितपुरमा नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले साझा खेल संघहरुमा महासंघको नेतृत्वलाई स्थापित गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो ।

सबै खेल संघहरुमा कमिटी भित्रका पदाधिकारीहरुलाई पदीय हिसावले नेता हुने की जिम्मेवारी पूरा गरेको नेता हुने हो आफैँले निर्णय गर्न आग्रह गर्नुभयो । महासचिव पोखरेलले खेल क्षेत्रमा महासंघको भुमिका बलियो बनाउन प्रभावकारी योजना बनाउन सुझाव दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘स्वभाविक रुपमा यो महासंघ त्यतिबेला सबल र सक्षम हुनसक्छ, जतिबेला सबै प्रकारका खेल संगठनहरुभित्र यसको प्रभाव बिस्तार हुने गर्छ । तपाईंहरुले बलियो संगठन बनाउनु भयो तर साझा खेल संगठनहरुभित्र तपाईंको उपस्थिति कमजोर भयो भने खेल क्षेत्रमा आफ्नो प्रभाव र नेतृत्व स्थापित हुँदैन । हाम्रो प्रभाव र नेतृत्व केको माध्यमबाट स्थापित हुन्छ भन्दा साझा खेल संघहरुको माध्यमबाट ।

त्यसको नेतृत्वमा स्थापित गर्न प्रादेशिक तहका खेल संस्थाबाट क्रमश: आफूलाई सुदृढ गर्ने खालको योजना बनाएर सफल हुनसक्यो भने बल्ल खेलकुद महासंघ समग्र राष्ट्रको खेलकुदको नेतृत्व गर्नसक्ने निर्णायक संगठन बन्यो भनेर गर्व गर्न सकिन्छ । साझा संगठनहरुमा हाम्रो उपस्थिति अहिले पनि कमजोर छ । यस अर्थमा महासंघको उद्देश्य साझा खेल संघहरुमा आफ्नो नेतृत्व स्थापित कसरी गर्न सकिन्छ भनेर हेर्नु हो । हरेक नेताहरुलाई जिम्मेवारी तोकेर दिनुहोस् । खेल संघभित्र नेतृत्व स्थापित गर्न सकियो भने त्यो सफल हो । अन्यथा पदको मात्रै नेता हो, जिम्मेवारीको नेता होइन । जिम्मेवारीको नेता त्यो हो जसले आफूले प्राप्त गरेको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्न सक्दछ । त्यस अर्थमा तपाईंहरु पदीय हिसावले मात्र नेता हुने की जिम्मेवारी पूरा गर्ने नेता हुने आफैँ निर्णय गर्नुहोस् ।’

नेकपा एमालेको खेलकुद महासंघ युवाहरुलाई जोड्ने ठूलो इकाईको रुपमा लिइन्छ । महासंघले विगत केही वर्षदेखि खेलकुदको गतिविधि सञ्चालन पनि गर्दै आएको छ ।