१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

ऐन कार्यान्वयन मापन समयमै गर्नुपर्नेमा विज्ञहरुको जोड

ऐन कार्यान्वयन मापन समयमै गर्नुपर्नेमा विज्ञहरुको जोड
अ अ+ अ-

काठमाडौँ । विज्ञहरुले ऐन कार्यान्वयन मापन समयमै गर्नुपर्नेमा जोड दिएका छन् ।

आईतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा छलफलका क्रममा बोल्दै विज्ञहरुले ऐन कार्यान्वयन मापन समयमै गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले ऐन कार्यान्वयन मापन गर्नका लागि निश्चित समय तोकेर जानुपर्ने धारणा राखेपनि समितिले चाहेको बेलामा जुनसुकै समयमा पनि गर्न सकिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा बोल्दै पूर्वराष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले ऐनको मापन गर्ने कुरा संसदको विशेषाधिकार भएको बताउनु भयो । उहाँले ऐनको मापन गर्ने काम सरकारलाई दिनु नहुने बताउनु भयो । उहाँले ऐनको मापन ५ वर्षमा गर्ने प्रावधान राख्न सकिने भन्दै समितिले चाहेको बेलामा भने जुनसुकै समयमा गर्न सकिने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ऐनको मापन गर्ने कुरा संसदको विशेषाधिकार हो । तर हामीले के दियौँ भने सम्बन्धित मन्त्रालयले, सरकारले आफैँ मापन गर भनेर छोड्यौँ । हामीले सबै काम तैँ गर हामीलाई रिपोर्ट दे भन्यौँ । त्यो नगरौँ । ५ वर्षमा गरौँ ठीहै छ । तर समितिले चाहेमा जतिसुकै समयमा गर्ने भन्ने कुराहरु जोडौँ । प्रदेशलाई पनि जोडेका छौँ हामीले । विधेयक ल्याउनुपर्‍यो भने प्रदेशका मन्त्रीहरुसँग पनि छलफल गर्नुपर्‍यो । मन्त्रालयका मन्त्रीहरुको अध्यक्षतामा विषयगत समिति छ, त्यो विषयगत समितिमा समेत छलफल गर भनेर यहाँ लेखेका छौँ । विशेषगरी साझा अधिकारसँग जोडिएका विषय । यो विधेयकले तलसम्म पनि जोडेको छ ।’

बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका पूर्वसचिव माधव पौडेलले ऐन कार्यान्वयनको मापन ३ वर्षमा गर्नुपर्ने बताउनु भयो । उहाँले कतिपय अवस्थामा ऐन कार्यान्वयन नै नभएको हुने भन्दै ५ वर्षसम्म कुर्दा लामो समय हुने बताउनु भयो । उहाँले ऐन बनाएको लामो समयसम्म पनि नियमावली नबन्न ऐन कार्यान्वयन हुन नसकेको भन्दै ऐन जारी भएको निश्चित समयभित्र नियमावली बनाउनुपर्ने प्रावधान राख्नुपर्ने बताउनु भयो । उहाँले ऐन बमोजिमका अधिकार प्रत्यायोजन गरेर प्रत्यायोजित विधायनको प्रयोग गरेपछि प्रत्यायोजित विधायनका तोकिए बमोजिमका कपिहरु संघीय संसद सचिवालयमा दाखिला गर्नुपर्ने र संसदलाई जानकारी गराउनुपर्ने व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ऐन कार्यान्वयन मापनको लागि ५ वर्ष अवधि बढी भयो । यसलाई तीन वर्षमै गर्नुपर्ने हुन्छ । किनभने ३ वर्ष स्ट्यान्डर्ड पनि हो । कहिलेकाहीँ ऐन कार्यान्वयन पटक्कै हुँदैन । तीन वर्षसम्म पनि कार्यान्वयन भएनन् भने सुधार गर्ने, संशोधन गर्ने हुन्छ । ऐन मापन भनेको के हो भनेदेखि त्यसमा कहाँ कमजोरी हो ? कहाँ हामीले सुधार गर्नुपर्ने हुन्छ भन्ने गुञ्जायस छ, के चाहीँ सुधार गर्दाखेरी कार्यान्वयन हुन सक्छ भन्नेकुरा जाँच्ने पनि हो । तर ऐन कार्यान्वयन भएको छैन पाँच वर्षसम्म राख्यौँ भने कहिले त्यो आउँला भनेर पर्खिइरहनु हुँदैन । स्थायी रुपमा आएका ऐनहरुलाई तीन वर्ष राख्न ठिक होला ।’

‘एउटा मापदण्ड राख्नु जरुरी छ कि ऐन जारी भएको कति दिनभित्र प्रत्यायोजित विधायन नियमावली बनाउनुपर्छ भन्ने कुरा पनि राखौँ । बनाउन नसक्ने अवस्था रहेछ भने उसले संसदलाई यो कारणबाट बन्न सकेन भन्ने जानकारी दिनुपर्छ भनेर प्रावधान पनि राख्नुभए हुन्छ । ऐन बमोजिमका अधिकार प्रत्यायोजन गरेर प्रत्यायोजित विधायनको प्रयोग गरेपछि प्रत्यायोजित विधायनका तोकिए बमोजिमका कपिहरु संघीय संसद सचिवालयमा दाखिला गर्नुपर्ने छ र संसदमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले जानकारी लिनुहुन्छ कि यो ऐनको दिएको अधिकार प्रत्यायोजन गरेर यस्तो किसिमको आएको छ है भनेर संसदले जानकारी लिन्छ । त्यो भएपछि पूर्णता भयो कानूनको । किनकी त्यो अधिकार त संसदकै अधिकार हो ।’

पूर्वराष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले आधारभुत कुराहरुमा समेत प्रत्यायोजन गर्ने चलन रहेको भन्दै त्यसो गर्नु नहुने बताउनु भयो । उहाँले ऐनले दिएको अधिकारभन्दा बढी अधिकार नियम, विनियम, मापदण्ड र कार्यविधिमार्फत प्रत्यायोजन भइरहेको भन्दै यसतर्फ सचेत गराउनु भयो । उहाँले ऐन सँगसँगै नियमावलीलाई पनि ल्याउनुपर्नेमा जोड दिनुभयो । यदि त्यसो गर्न नसकेमा ऐन जारी भएको ९१ औँ दिनदेखि लागू हुने व्यवस्था गर्नुपर्ने र त्यो अवधिमा नियमावली बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आधारभुत कुराहरुमा पनि प्रत्यायोजन गर्ने हाम्रो चलन छ । जुन कुरा गर्नु हुँदैन । प्रत्यायोजित विधायनमा कस्तो देखियो भने ऐनले दिएको अधिकार एउटा छ, नियमले त्योभन्दा बढी अधिकार प्रयोग गरिराखेको छ । त्यसको रेखदेख भएको छैन । ऐनले दिएको भन्दा बढी अधिकारको प्रयोग नियम, प्रत्यायोजित विधायन, विनियम, मापदण्ड, कार्यविधिमार्फत् भइराखेको छ । ऐनसँगै नियमावली पनि ल्याउनुपर्छ । सँगै ल्याउन सकिएन भने समय दिउँ । सामान्य ऐनहरु ९१ औँ दिनदेखि लागू हुनेगरी राखौँ । ९१ दिनमा नियमावली बनेर आउँला भनेर अपेक्षा गर्न सकिन्छ ।’

विज्ञहरुको कुरा सुनिसकेपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विज्ञहरुको कुरालाई आफूले सहज रुपमा स्वीकार गरेको बताउनु भयो । उहाँले मन्त्रालय तथा सरकारभित्र रहेका स्वेच्छाचारी विधि विधानलाई सच्याउन र प्रणालीमा ल्याउन नै यो विधेयक आएकोेले मन्त्रालयले यसमा रुढीवादी सोँच नराख्ने बताउनु भयो ।

उहाँले विधेयकलाई आवश्यक संशोधन गरिने बताउनु भयो ।