१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्छ: सांसद शेर्पा

जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्छ: सांसद शेर्पा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै असर भएको बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका समस्या बढ्दै गइरहने तर सरकारले आवश्यक तयारी नगर्ने कुरा राम्रो नभएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मजबुत भइ मुद्दा उठाउनुपर्ने बताउनु भयो । उहाँले अध्ययन अनुसन्धान दिनहुँ हुने तर नागरिकलाई पूर्वसुचित गर्न नसक्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा क्लाइमेट चेन्जको असर धेरै देखिने गरेको छ र क्लाइमेट चेन्जको असरलाई हामीले अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रश्तुत गर्ने भन्ने विषयमा नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु । सरकार कसरी अघि बढ्ने भन्नेमा पनि दुविधामा छौँ । अब हामी यो समस्यालाई लिएर अन्तर्राष्ट्रिय मञ्चमा पनि क्लाइमेट चेन्जको बारेमा भन्नुपर्ने अवस्था देखिन्छ ।’

‘क्लाइमेट चेन्जको रुपमा जाँदा विज्ञले कार्यपत्र प्रश्तुत गर्छ, एउटा अध्ययनको प्रक्रिया हुँदै गर्छ । अध्ययनको प्रक्रिया हुँदै गर्दा पनि हामीले नेपालमा भएका जतिपनि अध्ययनहरु छन्, त्यो अध्ययनको सन्दर्भमा हामीले जनतालाई सुसुचित गर्न सकिरहेका छैनौँ । कुन पोखरीको अवस्था कस्तो छ, के छ ? यहाँ एन्जिओहरु च्याउ फलेको सरह छ । अध्ययन च्याउ फले जस्तो छ । कुन पाखेरी खतरा र सुरक्षित कुन छ भनेर हामीले प्रश्न गर्ने हो भने सरकारसँग त्यो डकुमेण्ट छैन । नेपालमा गरिने सबै अनुसन्धानको डकुमेण्ट सबैभन्दा अगाडि सरकारलाई उपलब्ध गराउनु पर्छ ।’

सांसद शेर्पाले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय रुपमा दह्रोसँग उपस्थित हुनेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गर्न सरकारले बजेट छुट्याउनुपर्ने बताउनु भयो ।