१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेन भन्छन्ः मध्यपूर्वमा युद्धविराम सम्झौता पहिले भन्दा नजिक



अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा युद्धविराम सम्झौता पहिलेको भन्दा नजिक रहेको बताउनुभएको छ ।

गाजा युद्धविराम सम्झौता भएको छ कि छैन भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ह्वाइट हाउसको ओभल अफिसमा आयोजित एक कार्यक्रममा बाइडेनले आफूहरु पहिले भन्दा धेरै नजिक रहेको बताउनु भयो ।

राष्ट्रपतिले स्प्रिंगफील्ड १९०८ रेस दंगा राष्ट्रिय स्मारक नामकरण गर्ने घोषणामा हस्ताक्षर गर्न ढिलो हुनुको कारण मध्यपूर्वमा युद्धविरामको प्रयास रहेको बताउनु भयो ।

संयुक्त राज्य अमेरिका, इजिप्ट र कतारले शुक्रवार जारी गरेको संयुक्त विज्ञप्तिमा दोहामा विगत ४८ घण्टामा सरकारका वरिष्ठ अधिकारीहरूले युद्धविराम र बन्धकहरूको रिहाइको लागि सम्झौता निष्कर्षमा पुग्न मध्यस्थकर्ताको रूपमा गहन वार्तामा संलग्न रहेको बताइएको छ ।

राज्य विभागका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शनिवार इजरायलको यात्रा गर्ने बताउनु भयो ।