१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ पत्नी सीतालाई कोरोना संक्रमण



अ+ अ-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण भएको छ । 

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेकोे छ । 

लामो समयदेखि पार्किन्सस रोगका कारण पीडित उहाँ कोरोना सङ्क्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ । रासस