३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिम सुरु



अ+ अ-

काठमाडौं । नेपाली सेनाको राष्ट्रिय सेवा दलले सिनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम सञ्चालन गरेको छ ।

देशभरका २१ वटा जिल्लामा रहेका ४५ वटा बिद्यालयहरुमा अध्ययनरत छात्र–छात्राहरु १६ सय २० जनालाई तालिम दिइएको हो ।

दुई चरणमा सञ्चालन हुने तालिम अन्तरगत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ मा देशभरका ७७ जिल्लामध्ये ७५ वटा जिल्लामा रहेका २१४ वटा बिद्यालयहरुमा अध्ययनरत ७ हजार ७ सय ४ जना छात्र छात्राहरुलाई तालिम (जुनियर तथा सिनियर डिभिजन) गराउने योजना अनुरुप २०८१ आषाढ १४ गतेबाट १६९ वटा बिद्यालयमा अध्ययनरत ६ हजार ८४ जना छात्र छात्राहरु समावेश गरी जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ ।

तालिमहरुमा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासन लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिन्छ ।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ७४ हजार ४ सय ८० जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरी सकेको जनाएको छ ।