४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण इंग्ल्यान्डका कप्तान बेन स्टोक्स श्रीलंकाविरुद्धको सिरिजबाट बाहिरिए



अ+ अ-

एजेन्सी । इंग्ल्यान्डका कप्तान बेन स्टोक्स ह्यामस्ट्रिङको चोटका कारण समरको सम्पूर्ण सिजन बाहिर छन् ।

उनी श्रीलंकाविरुद्धको टेष्ट सिरिजमा सहभागी हुने छैनन् । उनको स्थानमा उपकप्तान ओली पपले इंग्लिस टोलीको कप्तानी गर्नेछन् ।

ईसीबीले मंगलबार राति ३३ वर्षीय स्टोक्सको ह्यामस्ट्रिङमा तनाव भएको जानकारी दिएको थियो । मंगलबारको स्क्यानमा स्टोक्सले श्रीलंकाविरुद्धको ३ टेस्टको शृङ्खलामा भाग लिन नसक्ने पुष्टि भएको हो ।

उनी पाकिस्तानविरुद्धको टेष्ट सिरिजमा फर्कने अपेक्षा गरिएको छ । यो सिरिज अक्टोबर ७ बाट सुरु हुनेछ ।

इङ्ल्यान्डले अगस्ट २१ देखि २५ सम्म इमिरेट्स ओल्ड ट्राफोर्डमा श्रीलंकाविरुद्धको पहिलो टेस्ट खेल्नेछ । त्यसपछि लर्ड्स र ओभलमा खेल हुनेछन् ।

आइतबार द हन्ड्रेड लिगमा नर्दन सुपरचार्जर्सबाट खेल्ने क्रममा स्टोक्स घाइते भएका थिए । ओल्ड ट्राफोर्डमा म्यानचेस्टर ओरिजिनल्सकोविरूद्ध उनी रन बनाएपछि अचानक रोकिए र उनलाई मैदान बाहिर लैजानुपर्‍यो ।