६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण इंग्ल्यान्डका कप्तान बेन स्टोक्स श्रीलंकाविरुद्धको सिरिजबाट बाहिरिए



अ+ अ-

एजेन्सी । इंग्ल्यान्डका कप्तान बेन स्टोक्स ह्यामस्ट्रिङको चोटका कारण समरको सम्पूर्ण सिजन बाहिर छन् ।

उनी श्रीलंकाविरुद्धको टेष्ट सिरिजमा सहभागी हुने छैनन् । उनको स्थानमा उपकप्तान ओली पपले इंग्लिस टोलीको कप्तानी गर्नेछन् ।

ईसीबीले मंगलबार राति ३३ वर्षीय स्टोक्सको ह्यामस्ट्रिङमा तनाव भएको जानकारी दिएको थियो । मंगलबारको स्क्यानमा स्टोक्सले श्रीलंकाविरुद्धको ३ टेस्टको शृङ्खलामा भाग लिन नसक्ने पुष्टि भएको हो ।

उनी पाकिस्तानविरुद्धको टेष्ट सिरिजमा फर्कने अपेक्षा गरिएको छ । यो सिरिज अक्टोबर ७ बाट सुरु हुनेछ ।

इङ्ल्यान्डले अगस्ट २१ देखि २५ सम्म इमिरेट्स ओल्ड ट्राफोर्डमा श्रीलंकाविरुद्धको पहिलो टेस्ट खेल्नेछ । त्यसपछि लर्ड्स र ओभलमा खेल हुनेछन् ।

आइतबार द हन्ड्रेड लिगमा नर्दन सुपरचार्जर्सबाट खेल्ने क्रममा स्टोक्स घाइते भएका थिए । ओल्ड ट्राफोर्डमा म्यानचेस्टर ओरिजिनल्सकोविरूद्ध उनी रन बनाएपछि अचानक रोकिए र उनलाई मैदान बाहिर लैजानुपर्‍यो ।