२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

कोरोनाको कहर: विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

कोरोनाको कहर: विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो
अ अ+ अ-

काठमाडौँ। कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको छ । जब कि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यस हिसाबले कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ ।

कोभिड सङ्क्रमण नियन्त्रणस्वरूप सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो । उडान नै नहुँदा विमानस्थलले नियमित किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो । मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको यो विमानस्थलको आम्दानी कोरोना सङ्क्रमणका कारण गत भदौमा चार करोड ८९ लाख रुपियाँसम्म घटेको थियो ।

विमानस्थलले मुख्यगरी ल्यान्डिङ र पार्किङबापत ठूलो आम्दानी गर्छ । यसबाहेक विमानस्थलभित्रका ठेक्कापट्टा, पसल कबोल, नेभिगेसन एड विमानस्थलका आम्दानीका अन्य स्रोत हुन् । विमानस्थलको आम्दानी घट्दा कतिपय साना किसिमका बजेट कटौती गर्नुपरेको क्षेत्रीले जानकारी दिनुभयो । यद्यपि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै बजेटमा भने यसले खासै असर नपरेको उहाँले बताउनुभयो । प्राधिकरणले देशका आन्तरिक विमानस्थलहरूमा आफ्नै कोषबाट गर्ने खर्च चाहिँ घटाएको छ, उहाँले भन्नुभयो । पछिल्लो समय उडान सङ्ख्या बढिरहँदा आम्दानी बढ्ने अपेक्षा गरिए पनि सामान्य अवस्थामा आउन छ महिनाभन्दा बढी समय लाग्ने प्राधिकरणको प्रक्षेपण छ । गोरखापत्र दैनिक