२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा ऐतिहासिक रेकर्ड: २७ अर्ब बढिको कारोबार



अ+ अ-

काठमाडौँ । सेयर बजारमा उच्च परिमाणको कारोबारको रेकर्ड ब्रेक भएको छ । सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार ४० अंकले सूचक बढेको बजारमा २५ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त रेकर्ड २४ घण्टा नबित्दै आज ब्रेक भएको हो ।

सोमबार शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको छ । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो ।

सोमबार ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । जसमा १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मात्र मूल्य घटेको छ । सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिभम् सिमेन्टको ९२ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, सूर्यज्योति लाइफ इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्स, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।