१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ: मन्त्री भण्डारी

नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ: मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उहाँले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरुले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई भन्नुभयो । उहाँले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरुको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताउनु भयो । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरुले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीज्युले सबै मन्त्रालयसँग अब एमओयू गर्नु हुन्छ । हिजो मात्रै कम्तिमा ५ वटा ३ महिनामा गरिसक्ने कामको खोजी गर्नु भएको छ । हामीले १५ वटा काम देखाएका छौं । अब प्रत्येक १५ दिनमा सहसचिवहरुको कार्य सम्पादनको रिपोर्ट प्रधानमन्त्रीज्यु आफैँले हेर्नुहुन्छ । दैनिक मन्त्रालयका मन्त्रीले, सचिवले, सहसचिवले, सिइयोहरुले अधिकृत लेवलभन्दा माथिका सबैको दैनिकीहरु अब सरकारले हेर्नेछ । एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ । आज दिनभरीको कामको परिणाम के आयो रु त्यसको परिणाममुखि कामहरु, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन रु परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोडनुपर्ने हुन्छ । मञ्जुर छ नि ।’

‘अधिकारको खोजी गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ । तपाईहरु सबैको चाहिने सुविधाको जिम्मा मन्त्रालय लिन तयार छ । तर तपाईहरुले रिजल्ट दिन तयार हुने कि नहुने रु तपाईहरुको सबै सेवा सुविधाको जिम्मा सरकारले लिन्छ । मन्त्रालयले लिन्छ । तपाईहरुका जहाँ समस्या छन्, ती समाधान हुन्छन् । त्यसको जिम्मा म लिन्छु । तर तपाईहरुले अब रिजल्ट दिने कि नदिने रु तपाईहरुले रिजल्ट दिनु भयो । सुविधा पूरापुर लिनुहोस । तपाईहरुको रिजल्ट दिनु भएन । तपाईले जिम्मेवारीबाट छोड्नुपर्ने हुन्छ । अहिलेको व्याप्त निराशा, अन्योलतालाई चिर्नुपर्नेछ । सरकारमाथि, सरकारको निकायमाथि यति धेरै प्रश्नहरु छन । त्यो प्रश्नको सामना हामीले परिणामबाट दिनुपर्नेछ । बिहान आएर हाजिर लगाएर मेरो तलव पाक्यो भन्ने तपाईहरुले सोच्नुभयो भने त्यसमा पुनर्विचार गरिहाल्नुस् । तपाईहरुले तीन महिना भित्र परिणाम दिने गरी काम गर्छु भन्नुहुन्छ भने तपाईहरुले चाहेको सेवा, सुविधा दिन मन्त्रालय तयार छ ।’

मन्त्री भण्डारीले सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरुको दैनिक कामको मूल्यांकन गर्ने पनि बताउनु भयो ।