२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता



अ+ अ-

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थाले पछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरे संगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ ।

विभिन्न प्रश्न उठाउदै एफसीले  केही समय देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।

यसै वीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए संगै यही साउन २९ गते ए एफ सी च्याजेन्ज लिग छनौटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र  नेपालको चर्चब्वाईज युनाईटेड वीच खेल हुने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिए पछि नेपालमा नै २०८० चैत्र ८ गते  आयोजना हुनु पर्ने वल्र्डकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बराईन वीचको क्वाईलिफाईङ खेल  वराईनमा भएको थियो भने जेष्ठ २४ गते यूएई संगको खेल साउदीमा भएको थियो ।  लामो समय देखि अखिल नेपाल फुटबल संघले संरक्षण गर्दै आएको खेल मैदान प्रति ए एफ सीले प्रश्न उठाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८० चैत्र देखि परिषद् आफैले रंगशालाको खेलमैदान संरक्षण र ममर्तको जिम्मा लिने निर्णय गर्नुभएको थियो ।

मैदानले एसफसीबाट पुन मान्यता पाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राििष्ट्रय प्रतियोगिता हेर्न पाउने बताउनुभयो । उहाले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अव कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।




भर्खरै