२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले सेयर बजार बढ्न हुँदैन भनेको छैन: पूर्वअर्थमन्त्री डा महत



अ+ अ-

काठमाडौँ । पुर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा। महतले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफू अर्थमन्त्री भएको बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको बताउनु भयो । उहाँले नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरुसँगकै सूचनाका आधारमा बजारमा इन्साइडर ट्रेडिङ कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको बताउनु भयो । उहाँले धिातोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएकाले देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताउनु भयो । उहाँले यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको बताउनु भयो ।

डा.महतले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गर्नुभयो । उहाँले शेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको उल्लेख गर्नुभयो । उहाँले पुँजी बजारले अर्थतन्त्र धान्नु भन्दा पनि कतैकतै चलखेल हुने गरेको बताउनु भयो । उहाँले अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाईराख्न चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रकृया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मैले संसदमा बोलेको कुरालाई लिएर प्रश्न उठाउनु भएको छ । हाम्रो कतव्र्य भनेको के हो भने । हामीले कुनै पनि संस्थाको पक्ष र विपक्षमा बोल्ने काम होइन । तर आम जनता र लगानीकर्ताको विषयमा आफूले बुझे जानेसम्म सुसुचित र खबदारी गर्ने काम हो । सांसद र शेयर बजार बुझेको नाताले पनि मैले शेयर बजार बढ्यो,बढ्न हुँदैन थियो भनेर मैले भनेको छैन । अरुले के भने अरुले नै उत्तर दिन्छन् । मैले केही संस्थाहरुको शेयर मूल्य वृद्धि भएको छ । त्यो स्वभाविक देखिएको छैन । त्यसैले लगानीकर्ताहरुले होसियारी पूर्वक सम्बन्धित संस्थाहरुको आधार के होरु त्यसले कस्ता प्रतिफल दिइरहेको छ । दीर्घकालमा त्यसको सस्टेन हुने आधारहरु के छन् । त्यसलाई मध्येनजर राखेर लगानीकर्ताहरुले पनि लगानी गर्नुपर्छ । जो नियमक निकाय धितोपत्र बोर्ड हो । नेप्से छ कारोबार गर्ने । नियमन गर्ने निकाय सेवन छ । नियमक निकायहरुले पारदर्शि अभ्यास भएको छ वा छैन । त्यसको निरन्तर निगरानी गर्नुपर्छ जसले गर्दा आम लगानीकर्ताको पुँजी फस्नुहुँदैन भनेर मैले भनेको हो । यो भन्दा कतिपयको विज्ञप्ति नै आएछ ।’

‘मैले नियमक निकायले पनि सुष्मकोणबाट नियमन गरोस् । त्यहाँ इन्साइडर टेनिङ भन्छ । त्यहाँको सूचनाहरु लिएर बजारलाई म्यानुपुलेट गर्ने प्रवृतिहरु पनि सक्रिया हुँदैनन् भन्ने छैन । लगानीकर्ताहरुले पनि राम्रोसँग ध्यान दिएर लगानी गर्नुपर्छ । त्यो भन्न नाजायज होइन । मैले आम लगानीकर्ताहरु कै हितमा बोलेको हो । त्यसमा मलाई केही खेद छैन । नेप्से भित्र इन्साइडर ट्रेडिङ भन्ने शब्दावली भन्ने शब्द प्रयोग गरिन्छ । त्यहाँ भित्र सूचना लिएर नेप्सेमा लिष्टेड भएका कम्पनीहरु छन् । उनीहरुकै मान्छेहरु त्यहाँ काम गर्छन् । भन्ने कुरा धितोपत्र बोर्डकै अध्ययनबाट पनि समस्या छ भन्ने कुरा अर्थमन्त्री भएको बेला बोर्ड जानकारी गराएको थियो । तपाईहरु नियमक निकाय हो । नियमन गर्नुस् । बोर्डले हस्तक्षेप र निगरानी गर्नुपर्छ । शेयर बजारले नै मुलुकको अर्थतन्त्र हाकेको भन्ने होइन । शेयर बजारमा लिष्टेड भएका कम्पनीहरुको हिस्सा महत्वपूर्ण हो । त्यसले मुलुकको अर्थतन्त्र कता जाँदैछ भन्ने इन्डिकेटर गर्छ ।’

उहाँले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा नराखेको बताउनु भयो । उहाँले शेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेण्ट नै जारी भएको बताउनु भयो । उहाँले आफूले शेयर बजार बढ्यो,बढ्नु हुँदैन नभनेको बताउनु भयो । उहाँले संसद्मा कुनै कम्पनी संस्थाको पक्ष वा विपक्षमा नभई आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गरेको बताउनु भयो । उहाँले केही कम्पनीहरूको शेयर अस्वाभाविक बढेकाले यसको वास्तविकता के हो र कम्पनीको वित्तीय स्थिति के छ भन्ने हेरेर लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै