२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

स्वास्थ्य मन्त्रालयः ‘अहिले नै स्कुल नखोल्नू’

स्वास्थ्य मन्त्रालयः ‘अहिले नै स्कुल नखोल्नू’
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको छ। प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए। ‘आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु हुँदैन।  घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमण भएको छ’, प्रवक्ता गौतमले भने, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ। अभिभावकमा समेत संक्रमणको जोखिम बढाउँछ।’

गौतमले कोरोना संक्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्ने बताए। ‘सरकारले कोरोना संक्रमणको जोखिम बुझेर नै विद्यालय बन्द गरेको हो। जुन यथावत् नै छ’, उनले भने, ‘विद्यार्थी भर्ना गर्न मिल्छ। तर, कक्षा सञ्चालन गर्न मिल्दैन।’ शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्था खुलेका छन्। पठनपाठनसमेत सुरु भइसकेको छ। स्वास्थ्यका प्रवक्ता गौतमले कोरोना संक्रमण कायमै रहेको बेला विद्यालयमा पठनपाठन सुरु गर्ने बेला भइनसकेको बताए। ‘अहिले संक्रमण कम भएको मात्र हो। संक्रमणको जोखिम यथावत् नै छ। पठनपाठन सुरु गर्दा बालबालिकाहरू संक्रमण भए त्यसको जिम्मेवारी कसले लिन्छ ?’,  डा. गौतमले भने।

काठमाडौं उपत्यकासहित मुलुकका कतिपय स्थानीय तहमा विद्यालय पुनः सञ्चालन हुन थालेका छन्। विद्यालय सञ्चालन कार्यविधिमा संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारको अवस्था कक्षा सञ्चालनलगायत मोडालिटी र विकल्प सिफारिस गरिएको छ। विद्यालयले भने गुणस्तरीय मास्क, भौतिक दूरीलगायतका सुरक्षा मापदण्ड पालना गराउन नसक्दा कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीसमेत संक्रमित हुन पुगेका छन्। ललितपुरको गोदावरीस्थित नवज्योति माध्यमिक विद्यालयले शिक्षकलाई कोरोना संक्रमण भएपछि पठनपाठन बन्द गरेको छ। अन्नपुर्णपोष्ट दैनिक