२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु, ७३ जिल्ला प्रभावित



अ+ अ-

काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी सङ्क्रमित काठमाडौंमा छन् । काठमाडौं जिल्लामा मात्र २ सय ८७ जनामा संक्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकाका ३ सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका २८७, भक्तपुरका ४२ र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु फैलिएको छ । देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौँ उपत्यकामा फेला परेका हुन् । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।

देशभर ७७ मध्ये चार जिल्ला मात्र डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।