२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नेकपा सकसः शक्ति संघर्ष झन् उत्कर्षमा

नेकपा सकसः शक्ति संघर्ष झन् उत्कर्षमा
अ अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक शक्ति संघर्ष झन् उत्कर्षमा पुगेको छ । सचिवालय बैठकले जारी विवाद हल गर्न नसकेपछि स्थायी समिति बैठकमा छलफल शुरु भएको छ । सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोपसहितको फरक–फरक लिखित प्रतिवेदन पेस गरेपछि विवाद झनै उत्कर्षमा पुगेको छ ।

सचिवालयमा बहुमत सदस्यले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनप्रति समर्थन जनाएपछि थप निकास निकाल्न दुवै प्रतिवेदन स्थायी समिति बैठकमा प्रस्तुत गरिएको छ । मंसिर २० गते बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर समस्या समाधानका लागि गृहकार्य अगाडि बढेको थियो । तर सात दिनको अवधिमा ओली र प्रचण्डका बीचमा एकपटक मात्र छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेन ।

अध्यक्ष ओलीले मिलेर अगाडि जान प्रचण्डसँग आग्रह गरे पनि जारी विवादको मुद्दा स्थायी समिति बैठकमा रहेकाले बैठकले गर्ने निर्णयअनुसार नै अगाडि बढ्नुपर्ने अडान राख्नुभएको छ । स्थायी समिति बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहुमत रहेको छ । स्थायी समिति बैठकले निर्णय गरेको अवस्थामा प्रचण्डको प्रस्ताव स्वतः पारित हुने एक स्थायी समिति सदस्यले बताए । सात दिनको अवधिमा दुवै पक्ष आ–आफ्नो रणनीति तयारीमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफूनिकट नेताहरुसँग जारी विवादमा कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्नुभएको बताइएको छ । स्थायी समिति बैठकमा रक्षात्मक अवस्थामा रहनुभएको छ ।

प्रचण्ड नेपाल पक्षले ओलीले अध्यक्ष वा प्रधानमन्त्री एक पद छोड्नुपर्ने रणनीतिलाई बटमलाइन बनाएको छ । तर अध्यक्ष ओलीले कुनै पनि हालतमा दुवै पद नछोड्ने अडान लिनुभएको छ । स्थायी समिति बैठकमा चिठीमार्फत सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राख्दाराख्दै पनि स्थायी समिति बैठक अगाडि बढेको छ ।

अध्यक्ष ओलीले सात दिनको अवधिमा प्रचण्ड र माधव नेपाललाई फकाउने कोसिस गरे पनि असफल भएको नेपालनिकट एक नेताले बताए । उनले भने– ‘ओलीले यसअघिको विवादमा एउटा पक्षलाई फकाएर आफ्नो पक्षमा निर्णय गराउँदै आउनुभएको थियो, यसपटक सबै नेताहरु ओलीको कार्यशैलीविरुद्ध एक ठाउँमा उभिएसँगै स्थायी समितिले ठोस निर्णय लिएर अगाडि बढ्छ ।’

अध्यक्ष ओलीले गत कात्तिक २६ गते स्थायी समिति बैठकले गरेको निर्णय पालना गरेर आफू अगाडि बढ्नुपर्ने प्रस्ताव राख्नुभएको छ । प्रचण्ड नेपाल पक्षले भने अध्यक्ष वा प्रधानमन्त्री एउटा मात्र पद लिन दबाब दिँदै आएको छ ।

शीर्ष तहमा कुनै पनि समझदारी बन्न नसकेपछि आजलाई नेकपाको स्थायी समिति बैठक बोलाइएको छ । बैठकमा दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरुले आ–आफ्नो धारणा राख्ने एजेन्डा तय भएको छ । स्थायी समिति बैठकमा अध्यक्ष ओली भने सहभागी नहुने बताइएको छ । बैठकमा ओलीले प्रस्तुत गर्नुभएको ३८ र प्रचण्डले पेस गर्नुभएको १९ पेजको प्रतिवेदनमाथि नेताहरुले धारणा राख्नेछन् ।

नेकपा स्थायी समिति सदस्य मणि थापाले पार्टीभित्र देखिएको विवाद स्थायी समिति बैठकले समाधान गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीभित्र विचार र सिद्धान्तको विवाद छैन, कार्यशैलीको विषयमा समस्या सृजना भएको हो, बैठकले पार्टी एकतालाई थप मजबुत बनाउने गरी निर्णय लिन्छ ।’ नेपाल समाचारपत्र दैनिक