४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ: सभामुख घिमिरे

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ: सभामुख घिमिरे
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।

डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसदको चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उहाँको भनाई थियो । ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढंगले अघि बढाउन सकिने बताउनु भयो । उहाँले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्व दिएको पनि उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘आँखाको क्षेत्रमा डा. सन्दुक रुइतले खेल्नुभएको भुमिकालाई हामीले कसरी अगाडि लैजान सकिन्छ ? आज भन्दा दुई महिना अगाडि मात्रै हो– त्यहाँबाट एउटा टिम तिलगंगा अस्पतालको तर्फबाट आउनु भयो । तिलगंगा नेत्र विश्वविद्यालय र त्यसका कानून बनाउनुपर्ने भयो । त्यो विश्वविद्यालयको ऐन पास गर्नुपर्ने भयो । त्यो विधेयक छिटो पास गर्नका लागि सहयोग गर्नु पर्‍यो भनेर उहाँले आएर कुरा गर्नुभयो । त्यतिबेला सरकारमा गईरहेको र सरकारले संसदमा पेश गर्न बाँकि थियो । मैले आफ्नो ठाउँबाट गर्न सक्ने जति कोशिस गरेर सरकारले पनि त्यसलाई आवश्यक महत्व दिएर उहाँहरुले पनि सम्बन्धित मन्त्रालयदेखि सबै चाहिने ठाउँमा घच्घच्याएर त्यो संसदमा आयो ।

संसदमा त्यस विषयमा लगातार छलफल भईरहेको तर राष्ट्रिय सभा अलि खुकुलो र खाली भएको हुनाले त्यसलाई राष्ट्रिय सभामा दर्ता गराएर त्यसले पनि स्विकार गरेर अहिले समितिमा लगेको छ । र समितिमा त्यो पास भयो भने कानूनी रुपमा भएका असजिलाहरुलाई हटाउने र त्यसरी विश्वविद्यालय बनाएपछि नेपाललाई आँखाको क्षेत्रमा अध्ययनलगायत अनुसन्धानको कामका लागि थुप्र्रै खालको अवसरहरु हुने र कामलाई पनि व्यवस्थित गर्न सकिने कुराहरुमा सम्भव भयो भने यही अधिवेशनमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मेरो प्रयत्न जारी छ ।’

सभामुख घिमिरेले सो विधेयकमा देखिएको असजिलाहरु हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताउनु भयो ।