१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार छ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो ।

आज तीन सय नौ कम्पनीको एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता शेयर ६५ हजार आठ सय २४ पटक किनबेच हुँदा रू छ अर्ब ३४ करोड ५८ लाख नौ हजार पाँच सय ९७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३ र म्युचुअल फन्ड शून्य दशमलव ३२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दाधेरै वित्त समूह दुई दशमलव २७ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ११, विकास बैंक एक दशमलव २१, होटल तथा पर्यटन एक दशमलव २४, जलविद्युत् शून्य दशमलव ४४ र लगानी समूह एक दशमलव ०५ प्रतिशतले बढेका छन् ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव २३, लघुवित्त शून्य दशमलव १९, निर्जीवन बीमा एक दशमलव २७, व्यापार शून्य दशमलव ०९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५४ करोड सात लाख ५० हजार छ सय ७८ बराबरको १० लाख ७७ हजार छ सय ८५ कित्ता शेयर किनबेच भएको छ ।