२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

यस वर्षको एसईई परिक्षाबारे हामी पनि अन्योलमा छौँ- राष्ट्रिय परीक्षा बोर्ड

यस वर्षको एसईई परिक्षाबारे हामी पनि अन्योलमा छौँ- राष्ट्रिय परीक्षा बोर्ड
अ अ+ अ-

काठमाडौँ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भन्नुभयो, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएका छौँ । कुनै जवाफ नआएकाले रोकिएर बसेका छौँ ।” यस वर्ष ९२०७७ साल०को एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने छिनोफानो हुन सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष नै तयार गरेको सङ्घीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ का कारण गत २०७६ सालको एसईईमा विद्यालयलाई नै विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने जिम्मा दिइएको थियो । मन्त्रालयले यसबीचमा शिक्षाविद् र प्रदेशका सचिवहरूसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा गतवर्ष जथाभावी अङ्क दिइएकाले विद्यालयलाई मूल्याङ्कनको जिम्मा दिन नमिल्ने, विद्यालयलाई नै जिम्मेवारी दिइसकेकाले अब यही विधिलाई निरन्तरता दिइनुपर्ने, कानुनतः माध्यमिक तहसम्मको जिम्मेवारी प्रदेश सरकारको हुने भएकाले सोही अनुरूप अगाडि बढ्नुपर्ने लगायतका मिश्रित सुझाव दिइएको छ । त्यसैले मन्त्रालय पनि यसै गर्नुपर्छ भन्ने टुङ्गोमा पुग्न सकेको छैन । बर्सेनि असोज पहिलो साता कक्षा १० का विद्यार्थीलाई आवेदन फाराम भर्न लगाइन्थ्यो । यस पटक मङ्सिर अन्तिमसम्म पनि आवेदन फाराम खुला गरिएको छैन । रापबोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले कसले परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा छिटो टुङ्ग्याइदिन आफूहरूले बोर्डलाई पत्रमार्फत आग्रह गरेको बताउनुभयो ।

बोर्डका अध्यक्ष डा। पौडेलले राजस्व उठाउने विषय भएकाले मन्त्रालयले टुङ्गो नलगाउञ्जेल आफूहरू अग्रसर हुन नसकिने स्पष्ट गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस विषयमा आफूहरूले हलो नअड्काएको तर्क गर्नुभयो । “सरोकारवालासँग परामर्श भइरहेकै छ । प्रदेश सरकारले हामी सक्षम छौँ, त्यसैले हामी गर्छौं भनिरहेका छन् । सङ्घीय शिक्षा ऐनको विधेयकमा पनि प्रदेशलाई नै जिम्मेवारी दिने भन्ने छ,” उहाँले भन्नुभयो, “अहिले हस्तान्तरण गर्ने समय आएको छैन भन्ने खालका सुझाव पनि पाएका छौँ । त्यसैले छिटै टुङ्ग्याउने छौँ ।”

प्रश्नपत्र नष्ट गरिँदै
गत २०७६ सालको एसईईका प्रश्नपत्र नष्ट गर्ने कार्य अगाडि बढाइएको छ । बोर्डका अध्यक्ष पौडेलले गोप्य सामग्री भएकाले नष्ट गर्नु उपयुक्त हुने ठहर गर्दै भन्नुभयो, “विद्यार्थीले विगत परीक्षाका र अन्य अभ्यास पुस्तिकाबाट अभ्यास गरिहाल्छन् । गोरखापत्र दैनिक