२० भाद्र २०८३, शनिबार
,
Latest
राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवना तिर्न सकिने



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवना तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवना तिर्ने गरी सेवा विस्तार गरेको हो । 

महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गट्ठाघर, थापाथली,  मालीगाउँ र दरबारमार्गमा सेवा विस्तार गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने गरी सेवा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी प्रयोगकर्ताले जरिवाना तिरी आफ्नो कागजपत्रहरू फिर्ता लिन सरल एवम् सहज होस् भन्ने उद्देश्यले विभिन्न कार्यालयमा सेवा विस्तार गरेको बताउनुभयो ।

प्रभु पेका अध्यक्ष कुसुम लामाले ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गएर लाइन बस्नुपर्ने झन्झट नहुने बताउनुभयो । ट्राफिक प्रहरीले यसअघि महाशाखामा उक्त सेवा लागू गरिसकेको छ ।