५ आश्विन २०८१, शनिबार
,
Latest
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम–अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने



अ+ अ-

काठमाडौँ । जनकपुरधाम—अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ ।

नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले २०८० पुस १ गते भौतिक मन्त्रालयमार्फत जनकपुरधामबाट अयोध्या हुँदै दिल्लीसम्मका लागि रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएपनि पहिलो चरणमा अयोध्यासम्म मात्रै सञ्चालनमा आउने बताउनु भयो ।

महाप्रवन्धक झाकाअनुसार पहिलो चरणमा अयोध्यासम्म मात्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिएपनि दिल्लीसम्म रेल सेवा सञ्चालन गर्नका लागि पहल जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सप्ताहको एक दिन अयोध्यासम्म जनकपुरधामबाट रेल गुड्ने तयारी स्वरुप समय तालिका समेत सार्वजनिक गरिसकेको बताउनु भयो । रेल सेवा प्रत्येक शनिवार दिनको १:३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान साढे बजे जनकपुरधाम पुग्नेगरी तालिका सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ । उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ ।’

उहाँले भंगहादेखि बर्दिवाससम्मको रेल्वे लिक निर्माणको कार्य चाँडै शुरु गर्ने बताउनु भयो । मुआब्जा वितरणको काम ८५ प्रतिशतसम्म सम्पन्न भइसकेको र बाँकी १५ प्रतिशतमा विवादहरु रहेकाले सोको समाधानका लागि पहल भइरहेको बताउनु भयो । उहाँले मन्त्रालयबाटै त्यो विवाद समाधान गर्ने पहल भइरहेकाले चाँडै नै विवाद समाधान गरेर कार्तिक महिनादेखि निर्माण कार्य अगाडी बढाइने सम्भावना रहेको बताउनु भयो । त्यस्तै कार्गो रेल सेवा सञ्चालनका लागि भारत सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।