२० भाद्र २०८३, शनिबार
,
Latest
राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह



अ+ अ-

काठमाडौ। चिकित्सा शिक्षा आयोगले परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा यही माघ ८ र ९ गने काठमाडौँ उपत्यकासहितका देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थितरूपमा सम्पन्न भएको बताएको छ ।

केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीन जनालाई आयोग र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त प्रयासमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिएको आयोगले जनाएको छ । 

आयोगले प्रश्नपत्रको गोपनीयता र व्यवस्थापनमा सुरक्षा मापदण्ड पूर्णरूमा पालना गरिएको उल्लेख गर्दै भोलि माघ १० गतेको परीक्षा पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने जानकारी गराएको छ ।  रासस