२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

भ्रष्टाचार गर्ने विश्वकै उदाहरणीय ओली सरकार

भ्रष्टाचार गर्ने विश्वकै उदाहरणीय ओली सरकार
अ अ+ अ-

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि सडकमा आउन बाध्य भएको बताउनुभएको छ । सरकारविरुद्ध कांग्रेसले घोषणा गरेको हेटौंडा विरोधसभामा सभापति देउवाले ओली सरकारको गैरजिम्मेवारीपनका कारण राजा आऊ–देश बचाऊ भन्ने नारा लाग्ने स्थिति आएको बताउनुभयो । उहाँले यस्तो बाध्यात्मक अवस्थामा सरकारले पुर्‍याएको भन्दै यस्तो बेला पनि जनतालाई सडकमा साथ लिनुपरेकोमा माफी माग्नुभयो । ‘कोरोनाको महामारीको समयमा सडकमा भेला गराएर जनतालाई संक्रमित बनाउने हाम्रो इच्छा होइन । यो बाध्यात्मक अवस्था हो’, देउवाले भन्नुभयो– ‘हामीले विज्ञप्ति जारी गरेर विरोध गर्दा केही गरेनन् भन्ने सडकमा निस्कँदा कांग्रेसले यस्तो गर्‍यो भन्ने काम हुँदै छ ।’

‘मैले उबेला नै भनेको थिएँ कम्युनिस्टले जितेमा हाँस्न पनि पाइँदैन, दिल खोलेर रुन पनि पाइँदैन’, सभालाई सम्बोधन गर्दै देउवाले भन्नुभयो– ‘आज हेर्नुस् त वास्तवमा कम्युनिस्ट सरकारले एकदलीय शासनजस्तो गरिरहेको छ । जनता भोक र रोगले मरिरहँदा ओली भाषणमा सरकारको प्रगति देखेर अरु आत्तिए भन्दै बसेका छन् ।’

उहाँले कोरोना महामारीमा पनि भ्रष्टाचार गर्ने विश्वकै उदाहरण ओली सरकार भएको भन्दै ओली सरकार आएपछि भ्रष्टाचार, बलात्कार, हत्या र कुशासन चलिरहेको बताउनुभयो । ‘ओली सरकार आएपछि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अपराध र भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने सरकारले आजसम्म अपराधी खोजेकोसमेत छैन’, देउवाले भन्नुभयो– ‘यो सबै ओलीकै कारण भइरहेको छ । गफ दिने तर काम नगर्ने प्रवृत्तिले देशमा समस्या आएको हो ।’

‘सडकमा केही जनता निस्किएर राजा आऊ–देश बचाउन भन्दै छन्, यो भ्रममा नरहन म नेपाली जनतालाई आग्रह गर्छुु’, देउवाले भन्नुभयो– ‘मैले ठूलो राजनीतिक जोखिम मोलेर ज्ञानेन्द्रलाई सहयोग गरेको थिएँ, उनले मलाई नै थुनामा राखे ।’ उहाँले राजाका पक्षमा नारा लगाउने वातावरण प्रधानमन्त्री केपी ओलीले नै बनाइदिएको आरोप लगाउनुभयो । उहाँले सडकमा राजाबारे प्रदर्शन हुनुमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार जिम्मेवार रहेको आरोप लगाउनुभयो ।

‘राजतन्त्र त राजा ज्ञानेन्द्रकै कारण गएको हो र अब फर्कने ठाउँ छैन’, देउवाले भन्नुभयो– ‘राजा ल्याउने भन्दै आन्दोलन ओली सरकारका कारण भइरहेको छ । सरकारप्रति निरासा बढाउने काम ओलीले गरिरहेका छन् । त्यही कारण राजावादीहरु गणतन्त्रले राम्रो गर्दैन भन्दै जनता झुक्याउन सकिन्छ कि भनेर निस्किएका छन् ।’

उहाँले कांग्रेस राजाको पक्षमा नभएको बताउनुभयो । उहाँले वर्तमान संविधान र व्यवस्था नै उपयुक्त भएको बताउनुभयो । ‘संविधान कार्यान्वयन गर्ने र यही व्यवस्थालाई थप प्रजातान्त्रिक बनाउँदै सफल पार्ने हो।’ –देउवाले भन्नुभयो । शून्य सहनशीलता भन्ने प्रधानमन्त्रीको सरकारले हत्या, हिंसा र बलात्कारका आरोपितहरु पक्राउ र कारबाही नगर्नुले ओली सरकारका कुरा गफमै सीमित भएको देउवाको भनाइ छ । सभापति देउवाले ओलीले अदालतलाई समेत प्रभावमा पारेर कम्युनिस्टीकरण गर्न खोजेका कारण अदालतको निष्पक्षता कायम गर्न पनि आफूहरु आन्दोलनमा उत्रिएको स्पष्ट पार्नुभयो ।

सभापति देउवाले कांग्रेस सडक आन्दोलनमा उत्रिन बाध्य भएको भन्दै जनतालाई बोल्ने, लेख्ने, विरोध गर्ने अधिकारसमेत खोस्न कम्युनिस्ट सरकार लागेको बताउनुभयो । नेपाली कांग्रेसको देशव्यापी प्रदर्शनका क्रममा पार्टी मकवानपुरले सोमबार हेटौंडाको बुद्धचोकमा आयोजना गरेको सरकारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सरकारले सर्वसत्तावाद लाद्न खोजेकोले कांग्रेस सडकमा उत्रन बाध्य भएको स्पष्ट पार्नुभयो ।

‘कम्युनिस्टले जितेपछि बोल्न, हाँस्न र रुनसमेत दिइएन । कुनै समस्या परेर रोयो भने कम्युनिस्ट सरकारले जेल हाल्छ होला।’ –उहाँले व्यङ्ग्य गर्नुभयो । कांग्रेस प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले भन्नुभयो– ‘केही अगाडि कांग्रेसको दिन गयो भन्नेहरु आफ्नो पार्टीभित्र रडाको मच्चिएपछि कांग्रेसको ढोका ढक्ढकाउन आएका छन्। तर हामी सडकमै रहन्छौं । सरकारमा जानैपर्ने हो भने आगामी निर्वाचनबाट बहुमत लिएर मात्र सरकारमा जान्छौं भन्न आज हामी सडकमा उपस्थित छौँ ।’

‘एमालेलाई मत दिनेहरु, माओवादीलाई मत दिनेहरु, तपार्इंको दाहिने हात छातीमा राखेर एकपटक अन्तरआत्मालाई सोध्नुुहोस्, जनता मर्दै गर्दा बालुवाटारमा यस्तै लडाइँ होस् भनेर घाममा लामो लाइन लागेर दिनुभएको थियो मतरु योभन्दा लाजमर्दो के हुन्छरु’ –उहाँले भन्नुभयो । प्रवक्तारकेन्द्र्रीय सदस्य शर्माले नेपाली कांग्रेसलाई नजिस्काउन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सरकारलाई चेतावनी दिनुभयो । सरकारविरुद्ध प्रदर्शनमा उहाँले एमाले र माओवादीबीच सत्ताको लागि मात्र एकता भएको बताउनुभयो ।

प्रवक्ता शर्माले सत्तारूढ पार्टी र उक्त पार्टीका नेताहरुभन्दा जेठो भएकाले कांग्रेसलाई कम नआँक्न चेतावनी दिनुभयो । ‘कांग्रेस बन्दुक उठाउनेमा पनि जेठो हो’, प्रवक्ता शर्माले भन्नुभयो– ‘कांग्रेस सीधै महाराजाधिराज महेन्द्र चढेको मोटरमा बम प्रहार गर्ने पार्टी हो ।’ प्रवक्ता शर्माले कम्युनिस्ट पार्टीले जसरी विद्यालयका शिक्षकलाई अपहरण गरेर हत्या गर्ने पार्टी कांग्रेस नभएर आकाशमा उड्ने प्लेन अपहरण गरेको पार्टी भएकाले कम नआँक्न भन्दै चेतावनी दिनुभएको थियो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रमा जुन किसिमको व्यवहार तथा स्वभाव देखाउनुपर्ने हो, त्यो किसिमको व्यवहार सरकारबाट नपाएपछि सडकमा उत्रेर सरकारको विरोध गर्नुपरेको बताउनुभयो । नेपाल समाचारपत्र दैनिक