२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टल प्यालेसलाई लिभरपुलले हरायो, लेस्टर सिटी र ब्राइटनको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । 

आइतबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको आठौं मिनेटमा नै भ्यान डाइकले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । 

३२ औं मिनेटमा एलेक्स वोक्सालेड चाम्बरलीनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । 

५५ औं मिनेटमा ओड्सन इडुआर्डले गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा फर्काए । तर, ८९ औं मिनेटमा पेनाल्टीमार्फत फाबिन्होले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । 

जितसँगै लिभरपुल २२ खेलबाट ४८ अंकसहित तालिकाको दोस्रो स्थानमा  छ । यता, प्यालेस समान खेलबाट २४ अंकसहित १३ औं स्थानमा छ । 

यस्तै, आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी र ब्राइटनले बराबरी खेलेका छन् । 

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा १-१ गोलको बराबरी खेल्दै दुबै टिमले अंक बाँडे । 

खेलको ४६ औं मिनेटमा पास्टन डाकाले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । यता ८२ औं मिनेटमा डेनी वेल्बेकले गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याए । 

त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरीपछि २२ खेलबाट ३० अंकसहित ब्राइटन नवौं स्थानमा छ भने २० खेलबाट २६ अकसहित लेस्टर १० औं स्थानमा छ ।