२० भाद्र २०८३, शनिबार
,
Latest
राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागु औषधसहित दुई युवा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एस.के.मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ । 

ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार लागु औषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनिल खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

प्रहरीले खत्रीलाई पक्राउ गर्नुका साथै उनीबाट १४० मिलिग्राम ब्राउन सुगर र  एक थान स्क्रीनटच मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

यसैगरी प्रहरीले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत कुईनेपानी जंगलमा अवैध लागुऔषध ब्राउन सुगर कारोबार गर्दै गरेका अवस्थामा आइतबार  युवालाई पनि पक्राउ गरेको छ । 

उहाँका अनुसार ब्राउन सुगर जस्तो देखिने दुई क्वार्टर खैरो धुलो पदार्थसहित तिला गाँउपालिका ५ जुम्ला निवासी २६ वर्षीय दीपक बुढालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको हिरासत कक्ष राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।