८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

रोजगारीको लागि साउदी अरबमा रहेका नेपाली युवा जीपी आचार्यको पत्रबारे प्रधानमन्त्रीले के भने?

रोजगारीको लागि साउदी अरबमा रहेका नेपाली युवा जीपी आचार्यको पत्रबारे प्रधानमन्त्रीले के भने?
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले युवाको सुझाव लिएर र उनीहरूको भावना बुझेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

रोजगारीको लागि साउदी अरबमा रहेका नेपाली युवा जीपी आचार्यले प्रधानमन्त्रीलाई लेखेको खुल्ला पत्रको जवाफमा ओलीले देशमा नै रोजगारी सिर्जना र उद्यमशीलता बढाउने काममा आफूहरू लागिरहेको उल्लेख गर्नुभएको छ । ‘तपाईँजस्तै युवासँग सुझाव लिएर, उहाँहरूको भावना बुझेर काम गर्न चाहन्छु’, ओलीले लेख्नु भएको छ ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले उद्यमशीलताको आधार तयार गर्न आफूहरू लागिरहेको भए पनि एकै पटक सोचे जस्तो काम गर्न नसकिएको उल्लेख गर्नुभएको छ । यसमा आफूले कसैलाई पनि दोष नदिने प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ । ‘सबैका समस्या सुन्छु,  एकै पटक गर्न नसकिएला, तर हामी आफ्ना पाइलालाई त्यसतर्फ नै चालिरहेका छौँ’, ओलीले लेख्नु भएको छ ।

आचार्यले लेख्नु भएको पत्र हजारौँ नेपाली युवाको प्रतिनिधित्व गर्ने पत्र भएको ओलीले उल्लेख गर्नुभएको छ । ‘तपाईँले चिठ्ठीमा लेख्नु भएका कुरा तपाईँका मात्रै होइनन्, हजारौँ युवाहरूका प्रतिनिधि समस्या हुन्, यहाँ केही गर्न खोज्दा नसकेर धेरै युवा देश बाहिर हुनुहुन्छ, हामी यहीँ रोजगारी सिर्जना गर्ने, यहीँ उद्यमशीलता बढाउने र आफ्नै देशमा दु:ख गरेर खुसीसाथ परिवारसँग बस्ने वातावरण बनाउन खोजिरहेका छौँ, यसका लागि विगतमा पनि काम गर्‍यौँ, हामीले जति गर्नु पर्ने थियो, त्यति गर्न सकेनौँ, केही पनि काम नभएको होइन, हुनुपर्ने जति भएन, यसका लागि म अरूलाई दोष दिन्नँ, पहिले यहीँ रोजगारी सिर्जना गर्न, यहीँ उद्यमशीलता बनाउन आधार खडा गरौँ भनेर लागिरहेका छौँ’, ओलीले लेख्नु भएको छ ।

यस्ता खालका स्वच्छ आलोचना र सुझावले काम गर्न बाटो देखाउने भन्दै उहाँले आचार्यलाई धन्यवाद दिनुभएको छ । ‘तपाईँको परिवारजन र बालबच्चामा मेरो स्नेह छ, माया छ, तपाईँले गर्नु भएको परिश्रम र मेहनतलाई मेरो सम्मान छ’, उहाँले लेख्नु भएको छ ।

आचार्यले ओली प्रधानमन्त्री भएपछि फेरि जनतामा एउटा आशा अनि भरोसा  जागेको उल्लेख गर्नुभएको छ । नेपालीले अझै कहिलेसम्म मरुभूमिमा पसिना बगाउनु पर्ने हो रु भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ । ‘हामीले पनि पार्टीको लागि दिन रात नभनी संघर्ष गरेको के यही दिन, यही अवस्था देख्नलाई हो रु गम्भीर भएर सोच्ने बेला आएको छ’, उहाँले लेख्नु भएको छ ।

उहाँले १० वर्षदेखिको वैदेशिक यात्राको क्रममा हाल मरुभूमिको देश साउदी अरबमा चौथो पटक श्रमिकको रूपमा गएको सात महिना बितेको उहाँले उल्लेख गर्नुभएको छ । ‘मेरा सपनाहरू धेरै थिए, जसमा म आफ्नै देशमा केही गर्न चाहन्थेँ, अनि गरेँ पनि, गर्दै गर्दा मैले मेरो व्यापार व्यवसायलाई केही राहत हुन्छ भन्ने आशामा कहिले बालुवाटार त कहिले बालकोटका ढोकाहरू ढकढक्याउँदै पुग्ने गर्थेँ,े अनि त्यहाँ आशलाग्दा आश्वासनहरू लिँदै म फर्किन्थेँ’, उहाँले ओलीलाई पठाउनुभएको पत्रमा लेख्नु भएको छ ।

समय बित्दै जाँदा आफ्ना आशा पनि त्यसै त्यसै मर्दै गएका उहाँले उल्लेख गर्नुभएको छ । ‘किनकि त्यो त हामी जस्ता निर्दोष युवाहरूलाई चुनावमा प्रयोग गर्ने एउटा साधन मात्रै बनाइएको रहेछ, त्यसको यथार्थमा मैले त्यहाँका हाम्रै पार्टीका नेता कार्यकर्ताहरूले गरेको व्यवहार अनि माथिबाट गर्नु भएको झुटो आश्वासनले मलाई मेरो व्यापार अनि व्यवसायलाई अघि बढाउन गाह्रो पर्दै गयो’, उहाँले ओलीलाई लेख्नु भएको छ ।

आफूले सरकारबाट पाउनुपर्ने सेवा सुविधा स्थानीय सरकार र प्रदेश सरकारबाट पाउन नसकेको उहाँले गुनासो गर्नुभएको छ । ‘आफन्त र आफ्ना कार्यकर्ता बाहेक म जस्ता जो नेपाल मै केही गर्न खोज्ने युवाहरूलाई सम्बन्धित निकायबाट गरेको अपहेलनका कारण म जस्ता हजारौँ युवाहरू आफ्नो पसिनाले कमाएको सम्पत्तिले नभ्याएर ऋणको दलदलमा फसेर फेरि पनि हामी युवाहरू भविष्य सुनिश्चित गर्न र परिवारलाई खुसी बनाउन संघर्ष गर्दै छौँ’, उहाँले पत्रमा लेख्नु भएको छ ।