२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

संवैधानिक परिषदसम्बन्धी जारी अध्यादेशबाट फाईदा कस्लाई ?

संवैधानिक परिषदसम्बन्धी जारी अध्यादेशबाट फाईदा कस्लाई ?
अ अ+ अ-

काठमाडौं । संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने सम्बन्धमा बैठक बस्ने कार्यविधि केही खुकुलो बनाई राष्ट्रपतिबाट मंगलबार अध्यादेश जारी भएको छ । संवैधानिक परिषद्को बैठक बस्न ६ जना सदस्यमध्ये ५ जना हुनुपर्ने कानुनी व्यवस्थालाई संशोधन गरी अब बहुमत मात्र भए पनि पुग्ने गरी अध्यादेश जारी गरिएको हो । सो संशोधनपछि अब बहुमत सदस्य भए पनि बैठक बस्न पुग्ने गरी कार्यविधिमा केही खुकुलो भएको बताइएको छ । नेपालको संविधानको धारा १८४ मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

गत आइतबार बोलाइएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुनुभएको थियो भने हिजो मंगलबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनुभएको थियो । प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई संवैधानिक निकायमा नियुक्त गर्न सजिलो हुने गरी अध्यादेश जारी गरिएको भनी सम्बन्धित पक्षबाट चर्को आलोचना भइरहेको छ । अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस चाहिने संवैधानिक व्यवस्था छ । सो अध्यादेशबाट संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ को दफा ६ को उपदफा ९३० मा संशोधन भएको छ ।

संशोधन हुनुभन्दा अघिको प्रावधानमा अध्यक्ष र कम्तीमा चार जना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने उल्लेख थियो । अबको संशोधनपछि बहुमतको संख्या भए पुग्ने बनाइएको छ । अध्यक्षसहित ६ जना भएको परिषद्मा अब प्रधानमन्त्रीबाहेक अन्य दुई जना अनुपस्थित भए पनि बैठक बस्न सक्ने गरी संख्या पुग्ने भएको छ । लामो समयदेखि संवैधानिक निकायहरुमा ४५ जना पदाधिकारीको पद रिक्त रहेको छ । संवैधानिक निकायको पद लामो समयदेखि रिक्त राख्दा परिषद्ले संवैधानिक प्रावधान मिचेको देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मात्र प्रमुख आयुक्तलगायतको पद खाली भएको महिनौं भइसकेको छ । राष्ट्रिय मानव अधिकार आयोग खाली भएको पनि दुई महिना हुन लागिसकेको छ । संविधानको धारा २८४ को उपधारा (३) मा भनिएको छ– ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।’ कुनै निकायमा पद रिक्त हुनुभन्दा एक महिनाअघि नै सिफारिस गर्नुपर्नेमा त्यसो नगरी परिषद्ले उक्त संवैधानिक प्रावधानको उल्लंघन गरेको कानुनविद्हरुको भनाइ छ ।

सरकारले अबको १५ दिनभित्र संसद्को हिउँदे अधिवेशन बोलाउनु नै पर्ने हुन्छ । यस्तो अवस्थामा सरकारले अध्यादेश जारी गर्नु भनेको संसद्लाई छल्न खोज्नु नै हो भनी स्पष्ट भएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीको भनाइ छ । अध्यादेश संसद्को अधिवेशन नबसेको बेलामा तत्काल केही गर्न आवश्यक भएमा मात्र जारी गर्ने प्रावधान संविधानमा छ । नेपाल समाचारपत्र दैनिक