४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यकः स्वास्थ्यमन्त्री पौडेल
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताउनु भयो । उहाँले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको बताउनु भयो । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ । इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ । अप्रेशनका निम्ति एक वर्ष पर्खिनुपर्छ भन्ने जनगुनासो छ । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो हामीले बाहिर सुनिरहेका छौँ । ति कति सत्य होलान् र कति असत्य होलान् । तर हामीले ति गुनासाहरुलाई क्रमशः सम्बोधन गर्दै जान सक्नुपर्छ । हामी ति गुनासाका कारणले आवेगमा आएर गरिरहेका छौँ के को प्रश्न ? भन्ने स्थिति छैन ।

हामीले अझ बढी कसरी गर्नसक्छौँ, हामी त्यसको निम्ति प्रयत्नशिल रहनुपर्छ । हामी यहाँ प्रशासनिक, चिकित्सक र प्राविधिकहरु १८ सय जनशक्ति भएको जानकारी प्राप्त गरेको छु । त्यो जनशक्ति पूर्ण हो मैले भन्न खोजेको होइन, तर त्यो जनशक्तिको संख्या सानो होइन । त्यसले मेहनत गर्ने हो भने हामीले ठूलो उपलब्धि दिनसक्छौँ । त्यसैले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । एक अर्काको सम्बन्ध समन्वयात्मक ढंगबाट अगाडि बढाउन जरुरी छ ।

त्यसैले यो एकीकृत संस्था एकीकृत ढंगबाट काममा अघि जान जरुरी छ । हामीले व्यवस्थापकीय पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेका छैनौँ । व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिनसक्छौँ । कतिपय उठेका प्रश्नलाई हामीले आत्मसाथ गरौँ । खरिद प्रक्रिया पारदर्शी छैन, त्यसलाई छैन भने पारदर्शी बनाऔँ । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गरौँ ।’

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरिरहेको बताउनु भयो । उहाँले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले बिरामीले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेकुरामा केन्द्रित भइ काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरेका छौँ । यो वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनोस् । जसमा बिरामीले आउँदा सहज र गुणस्तरीय सेवा पाउन सकुन् । हामीले वीर अस्पतालको स्तरोन्नतिका लागि केही कामहरु गरेका थियौँ । अहिले पनि विभिन्न चरणमा अघि बढेका छौँ । खासगरी हाम्रा केही समस्या छन् । जसलाई केही समयमै हल गर्न काम गरिरहेका छौँ ।

हाम्रोमा इमर्जेन्सीमा आउने बिरामीहरुलाई समस्या छ, हामी त्यो सेवालाई सय बेडको स्तरोन्नति गर्न यस वर्ष बजेट राखेका छौँ । जुन काम हामी डिजाइन भइसकेको छ । हामी टेण्डरको प्रक्रियामा छौँ । चाँडै अघि बढाउँछौँ । आइसियुको एक सय बेडमा लैजाने गरी हामीसँग क्षमता छ, त्यसलाई चाँडै पूरा गर्छौं । हामीले योग्यता÷क्षमताको आधारमा सय जना नर्स राखेका छौँ ।’

उहाँले इमर्जेन्सी सेवालाई सय शैय्यामा बिस्तार गर्न लागेको र टेण्डर प्रक्रियामा जान लागेको पनि बताउनु भयो । उहाँले हालैमात्र योग्यता÷क्षमताको आधारमा सय जना नर्स राखेको पनि बताउनु भयो ।