२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

किशोरीलाई रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाएर जबरजस्ती करणी, वेटरसहित ४ जना प्रहरी फन्दामा

किशोरीलाई रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाएर जबरजस्ती करणी, वेटरसहित ४ जना प्रहरी फन्दामा
अ अ+ अ-

भक्तपुर । कामको खोजीमा रहेकी किशोरीलाई काम दिएर जवरजस्ती यौन धन्दा गर्न बाध्य बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले एक १७ वर्षकी किशोरीलाई कोठाभित्र ग्राहकसँग पठाएर ढोका लगाउने वेटरसहित संग्लन २ सहित ४ जनालाई पक्राउ गरेको हो । चाँगुनारायण नगरपालिका ७ हेल्मेटडाँडास्थित बाटोमाथिको रिसोर्टमा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङ थलारा गाउँपालिका २ घर भई काठमाडौं शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्याय र तनहुँ म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई चाँगुनारायण ७ बस्ने २० वर्षीय प्रदीप कुँवर छन्। प्रहरीका अनुसार रिसोर्टमा युवतीलाई ललाइफकाइ रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाएर उनीहरूले जबरजस्ती करणी गरेको अभियोग छ । किशोरीहरु काममा आएपछि रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागि कोठाभित्र पठाएर ढोका बन्द गरिदिने गरिकएको पाइएको परिसरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

बालिकाका अनुसार कुँवरले कोठामा पठाएर ढोका लगाईदिका थिए भने उपाध्यायले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाले फुपुको रोहबरमा दिएको जबरजस्ती करणीको जाहेरी दरखास्तको आधारमा उनीहरु उपर भक्तपुर जिल्ला अदालतबाट थप अनुसन्धान म्याद थप भएको छ । बिशेष सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक शशीधर शर्माको नेतृत्वमा खटिएको टोलीले उक्त रेष्टुरेन्टमा चेकजाँच गर्दा तथ्य खुलेको प्रहरीले जनाएको छ ।

दुवैलाई जबरजस्ती करणीको कसुरमा अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। सुचना अधिकारी डिएसपी गिरीका अनुसार घटना अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई चेकजाँच तथा सोधपुछ गर्दा अवरोध पुर्‍याएको कसुरमा सोही रिसोर्टमा काम गर्ने काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाँउपालिका वडा नं. २ डटुवा घर भएका बर्ष २१ का प्रदीप केसी र गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं। ९ लक्ष्मीबजार स्थायी घर भएका २२ बर्षका अश्विन कुँवर पनि पक्राउ परेका छन् । नेपाल समाचारपत्र दैनिक