२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बीबीसी मास्टर सेफको टप ३ मा ‘सन्तोष साह’

बीबीसी मास्टर सेफको टप ३ मा ‘सन्तोष साह’
अ अ+ अ-

लन्डन । आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा उनले आमालाई सम्झिए । सन्तोष साह १२ वर्ष छँदा सिरहाको कर्जन्हा आसपास नदी किनारमा श्रम गर्न जान्थे । गरिबीले कलिलै उमेरमा काम नगरी हातमुख जोर्न सम्भव थिएन । काम गरेर भोकाएको छोरालाई बट्टामा खाजा बोकेर उनकी आमा पुग्थिन् । आमाले आफू सानो छँदा खुवाउने खाजा पस्किएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफहरुको मन जित्न सफल भएका छन् सन्तोष साह ।

उनी बुधबार बेलुका बीबीसी वानमा प्रसारित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा छनोट भएका हुन् । शीरमा भादगाउँले टोपी पहिरिएर प्रस्तुत भएका सन्तोषले आफ्नी आमाका लागि पुरी, गंगटाको करी, बासी भातझैं भुटेको चिउरा, भुटेको खुर्सानी, खिर आदि तयार गरेका थिए ।

पकाएको खाना अतिथि सेफ र निर्णायकहरुलाई उनले बाल्यकालमा आमाले जस्तै टिफिन बक्समै सर्भ गरेका थिए । ‘म सानो छँदा धेरै दुस्ख र गरिबी बाँचे,’ सन्तोषले भने, ‘अब म आमालाई सुख दिन चाहन्छु ।’

कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष
त्यस्तै, प्रतियोगिताको महत्वपूर्ण सेसन ‘सेफ्स टेबल’ राउन्डमा उनले जिम्बुले मोलेर पोलेको खसीको मासु, रायोको साग, पुदिना परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, बोन म्यारो करी सस, जस्ता परिकार पस्किए । सन्तोषको सिर्जनशीलता र उनले प्रयोग गरेका मसलाबाट निर्णायकहरु निकै प्रभावित भएका थिए । ‘म आफूलाई ज्यादै भाग्यमानी ठानेको छु,’ टप थ्रीमा पुगेपछि सन्तोषले कान्तिपुरलाई प्रतिक्रिया दिए, ‘विश्वसामु नेपाली खाना र संस्कृति चिनाउन पाउनु त्यो मेरो जीवनकै महत्वपूर्ण उपलब्धि हो ।’ शोमा भादगाउँले टोपी लगाउन अनुमति मागेपछि बीबीसीले यसबारे बुझेर सहमति जनाएको सन्तोषले बताए ।

बिहीबार तीनमध्ये एकजना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् । प्रतियोगिता ३२ जना सेफहरुबीच सुरु भएको थियो । उनले प्रतियोगितामा जोखिम लिएरै हरेक चरणमा नेपाली परिकारमात्र पस्किए । फाइनलको अघिल्लो चरणमा मंगलबार ‘इन्भेन्सन राउन्ड’ मा सन्तोषले डिजर्टका रुपमा कोदोको खिर चखाएका थिए । उनले कोदोको खिरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि पस्किएका थिए । सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाई अल्टिच्युड ९हिमाली भेग० मा प्रचलित भेगन खाना भुटेको काँक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जिते ।

योमरी चखाएर बीबीसी मास्टर सेफको फाइनल पुगे सन्तोष
यसअघिका चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए । विश्वमै प्रतिष्ठित बीबीसी मास्टर सेफ जस्तो प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष पहिलो नेपाली हुन् । नेपाली खानालाई विश्व बजारमा चिनाउने एकमात्र लक्ष्य आफ्नो रहेको उनी बताउँछन् ।

बेलायतको प्रतिष्ठित ‘मिसिलिन स्टार’ प्राप्त रेस्टुरेन्टहरुमा एक्जुकेटिभ सेफ भइसकेका सन्तोषले भारत र बेलायत गरी यस क्षेत्रमा दुई दशक बिताइसकेका छन् । प्रतियोगिता सकिएपछि सन्तोष सेन्ट्रल लन्डनमा टिपिकल नेपाली कुजिनको रेस्टुरेन्ट खोल्ने तयारीमा समेत जुटेका छन् । कान्तिपुर दैनिक