काठमाडौं । उखु किसानको बाँकी रहेको भुक्तानी रकम श्रीराम सुगर मिलले तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले भुक्तानी रकम खातामा जम्मा गरिसकेको प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाइृ जानकारी गराउनु भयो ।
उहाले शुक्रबार बाट किसानको खातामा बाँकि रकम पठाउने प्रतिबद्धता जनाउनु भयो । श्रीराम सुगर मिल्सले झन्डै ३५ करोड रूपैयाँ उखु किसान किसानलाई भुक्तानी दिन बाकि रहेको छ । संघका अध्यक्ष अग्रवालले अन्य उद्याृगीहरुसंग पनि भुक्तानीका लागि पहल भै रहेको जानकारी गराउनु भएको छ ।
एक बर्ष अघि पनि भुक्तानी नपाए पछि किसानहरु सरकारको ध्यानकर्षण गराउन काठमाडौ आईपुगेका थिए । एक बर्ष सम्म पनि सहमति कार्यन्वयन नभएपछि एक सातादेखी किसानहरुले माईतिघरमा धर्ना बसिरहेका छन् ।











